शनिबार, ८ वैशाख २०८१

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

समयपोष्ट २०७७ साउन १७ गते २१:०७

Advertisement

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।

निगमले शनिबार मध्यरातबाट लागु हुँने गरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाएको हो । यससंगै अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १०४, डिजेल ९० र मट्टितेललाई ९० रुपैयाँ तिर्नुपर्ने छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जनाउँदै नेपालमा पनि सोहीअनुसार भाउ बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री