‘पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार गरिने छैन, कुरा यही हो’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमण स्वीकार नगर्ने बताएका छन् ।

Advertisement

उनले सरकारले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बर्द्धन गर्ने स्पष्ट गरे । सरकारले पशुपति क्षेत्रको संरक्षण र सम्वद्र्धनका लागि सबैसँग छलफल गरेर सहमति जुटाउने उनको भनाइ छ ।

‘पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बद्र्धन गरिने छ’, भट्टराईले ट्वीटमार्फत भनेका छन्, ‘स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ । व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई भने स्वीकार गरिने छैन । कुरा यही हो ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री