बुधबार, १२ वैशाख २०८१

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको ‘जीवन श्री’ योजना

समयपोष्ट २०७३ भदौ १५ गते ७:४३

“तपाई…खुसीको खाता खोल्नुहोस्” भन्ने सन्देशकासाथ न्युनतम् ७ वर्षदेखि ५० वर्ष उमेरसम्मका ग्राहकहरुलाई लक्षित गरी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ‘जीवन श्री’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । भाद्र १४ गते एक समारोहबीच उक्त ‘जीवन श्री’ योजनाको औपचारिक सार्वजनिकरण बीमा समितिका अध्यक्ष प्रा. डा. फत्त वहादुर के.सी. ले गरे ।

Advertisement

बीमा अवधि १५ वर्ष र न्युनतम बीमाङ्क रकम रु. ५ लाख रहने यस बीमा योजनामा विमितलाई पहिलो ५ वर्षका लागि रु. ६५ प्रतिहजार प्रति वर्ष सुनिश्चित लाभ बोनसको रुपमा र छैटौंदेखि परिपक्वतासमयसम्म कम्पनीले घोषणा गरे अनुसार बोनसदर प्रदान गरिनेछ ।

सो योजनामा विमितले वीमाशुल्क ५ वर्षमा तिरेर १५ वर्षसम्म दुर्घटना लाभसहितको जीवन बीमा सुविधा लिन सक्नेछन् । योजनामा बीमाशुल्क अत्यन्त न्युन तर प्रतिफल उच्च रहेको छ । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् विमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।

lll

कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले विमितले वित्तीय अनिश्चितताको समयमा आफ्नो लगानीबाट जीवन बीमासहित सुनिश्चित प्रतिफल ‘जीवन श्री’ योजनामार्फत सजिलै प्राप्त गर्न सक्ने चर्चा गर्दै यस बीमा योजनाले मानसिक शान्ति प्रदान गर्ने बताए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री