शुक्रबार, १४ वैशाख २०८१

‘मेनस्ट्रिम’को बैंकिङभन्दा फरक ढंगले अगाडि बढ्न खोजिरहेका छौँ 

एनएमबी बैङ्कका सीईओ सुनिल केसीसँगको अन्तरवार्ता

समयपोष्ट २०७६ भदौ १३ गते ९:४५

Advertisement

ओम डेभलेमन्ट बैंकलाई गाभ्ने प्रस्ताव पारित गर्नुभएको छ, गाभेपछि एनएमबी बैैंकको आकार कस्तो छ ?

ओम डेभलपमेन्ट बैंकलाई गाभेपछि हाम्रो शाखा संख्या १६३ पुग्छ । चुक्ता पुँजी ११ अर्ब ५२ करोड जति हुन्छ । ‘कोर क्यापिटल’ २० अर्ब ४२ करोडको हाराहारीमा पुग्छ । मुख्य रूपमा ओम डेभलपमेन्ट बैंकको गण्डकी प्रदेशमा राम्रो उपस्थिति छ । हाम्रो मुख्य उद्देश्य भनेको गण्डकी प्रदेशमा पहुँच बढाएर लैजाने हो । त्यो ठाउँमा पर्यटन, जलविद्युत्, कृषिको पनि राम्रो सम्भावना भएकोले पहुँच बढाउनका लागि मर्ज गर्न गइरहेका हौँ । मर्जर पछाडि पनि यो बैंक सुदृढ र सबल हुनेछ ।

हाम्रो मुख्य उद्देश्य भनेको गण्डकी प्रदेशमा पहुँच बढाएर लैजाने हो । त्यो ठाउँमा पर्यटन, जलविद्युत्, कृषिको पनि राम्रो सम्भावना भएकोले पहुँच बढाउनका लागि मर्ज गर्न गइरहेका हौँ ।

मर्जरमा जनशक्ति व्यवस्थापन सबैभन्दा ठूलो चुनौती भनिन्छ, तपाईंले कसरी गर्दै हुनुहुन्छ ?

कुनै पनि मर्जरमा जनशक्ति व्यवस्थापनको पक्ष चुनौतीपूर्ण नै हुन्छ । दुईवटा फरक ‘कल्चर’ भएका संस्था एक हुँदा सबैलाई एक ठाउँ राखेर काम गर्दा सुरुका अवस्थामा केही अप्ठ्यारा, असहज परिस्थिति हुन सक्ने सम्भावना हुन्छ तर हाम्रो अनुभवअनुसार हामीले सबैको ‘स्ट्रेन्थ, क्षमताअनुसार तालिमलाई पनि बढाउँदै बिस्तारै अगाडि लिएर जान्छौँ । त्यसले गर्दा त्यति ठूलो चुनौती हुँदैन ।

मौद्रिक नीति र त्यसपछिको राष्ट्र बैंकको निर्देशन लगानीयोग्य रकमको अभाव र उच्च ब्याजदर नियन्त्रण गर्न कत्तिको सहयोगी होला ?

लगानीयोग्य रकमको अभाव भनेकै ‘डिपोजिट’ अथवा ‘ब्यालेन्स सिट फन्डिङ’ गर्न लोन दिन चाहिने फन्डहरूको स्रोत नभएर नै भइरहेको हो । हामी ‘डिपोजिट’लाई मुख्य स्रोतका रूपमा लिएर अगाडि बढिरहेका छौँ तर अहिले मौद्रिक नीति आइसकेपछि केही नयाँ कुरा पनि आएका छन् । विदेशबाट पैसा ल्याउने कुरालाई सहज बनाउन खोजिएको छ । यसले गर्दा गत वर्षभन्दा धेरै बैंकले पैसा ल्याउन सक्छन् । अर्को ‘एनआरएन’ले पनि ‘डिपोजिट’का रूपमा नेपालमा पैसा ल्याउन सक्ने र नेपाली पैसामा लोन दिन सक्ने भन्ने प्रावधान थप भएको छ । यसले पनि केही हदसम्म स्रोतकै विविधीकरण गर्न सहयोग गर्छ । यी सबै कुराले गर्दा स्रोत संकलनमा ‘लोकल डिपोजिट’लाई मात्र छोडेर त्योभन्दा बाहिर आएर नयाँ किसिमका स्रोतहरूको खोजी गर्न सक्ने अवस्था सिर्जना गरेको छ ।

अहिलेको ‘डिपोजिट’को स्रोत दुई/तीन वर्षको मात्र हुन्थ्यो भने ‘डिभेन्चर’ १० वर्षसम्मको हुँदा यसले ‘मिसम्याच’को समस्यालाई केही हदसम्म समाधान गर्ने छ ।

अर्को चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्रले नयाँ पैसा ल्याउने सम्भावना नहुन पनि सक्छ किनभने भएकै ‘डिपोजिटर’को पैसा ऋणपत्रमा ‘कन्भर्ट’ गर्ने हो भने नयाँ पैसा नआउन सक्छ तर त्यसले पहिले ८० प्रतिशत मात्र दिन पाउनेमा अहिले १०० प्रतिशत नै दिन पाउने व्यवस्था गरेपछि केही बढी हुने भयो । अहिलेको ‘डिपोजिट’को स्रोत दुई/तीन वर्षको मात्र हुन्थ्यो भने ‘डिभेन्चर’ १० वर्षसम्मको हुँदा यसले ‘मिसम्याच’को समस्यालाई केही हदसम्म समाधान गर्ने छ । बैंकिङ क्षेत्रमा देखिएको लगानीयोग्य रकमको अभावलाई केही न केही सम्बोधन गर्ने हिसाबले मौद्रिक नीति आएको छ ।

मौद्रिक नितिले पनि लगानी विस्तार गर्न भनेको छ, अहिलेको अवस्थामा यो कत्तिको सम्भव देख्नुहुन्छ ?

अहिले पनि लगानी बढाउन सहज खालको अवस्था छैन । २१ प्रतिशत वृद्धिको लक्ष्य लिन चाहिने पैसा ‘डिपोजिट मोबिलाइजेसन’ हुने, रेमिट्यान्स बढने, ‘ब्यारेन्स अफ पेमेन्ट’मा सुधार आउन सक्यो भने हुन सक्छ । बाहिरबाट आउने पैसा पनि अघिल्लो वर्षभन्दा वृद्धि भयो भने त्यसले सहयोग गर्छ । होइन भने त्यो वृद्धि गर्न चुनौती नै रहन्छ ।

‘स्प्रेड’को सूत्र परिवर्तनले कस्तो असर गर्छ ?

यसले अहिलेको नाफालाई पक्कै असर गर्छ । त्यसले सरकारको राजस्वमा पनि असर पार्छ । बैंकिङ भनेको निजी क्षेत्रको बिजनेस मात्र होइन, यो आर्थिक वृद्धिदेखि धेरै कुरासँग जोडिएको हुँदा केही संवेदनशील पनि हुन्छ । यसले गर्दा बैंंकिङमा पार्ने नकारात्मक प्रभावलाई अझ बढाउन सक्छ । नाफा घट्नु भनेको ऋण दिन सक्ने क्षमता पनि घट्नु हुन्छ । यो रिस्क बिजनेस भएकोले केही ‘स्पे्रड’ भयो भने बैंकिङ क्षेत्र अझ स्वस्थ भएर अगाडि बढ्ने र आर्थिक वृद्धिलाई सहयोग अवस्था सिर्जना हुने हो । यसमा राष्ट्र बैंकबाट सहयोग हुन्छ भन्ने अपेक्षा छ ।

बैंकिङ भनेको निजी क्षेत्रको बिजनेस मात्र होइन, यो आर्थिक वृद्धिदेखि धेरै कुरासँग जोडिएको हुँदा केही संवेदनशील पनि हुन्छ । यसले गर्दा बैंंकिङमा पार्ने नकारात्मक प्रभावलाई अझ बढाउन सक्छ ।

 

राष्ट्र बैंकको ‘क्रस होल्डिङ’लाई अब पहिलो प्राथमिकता दिएर मर्जरमा लैजाने आशय देखिन्छ, मर्जरमा जानेलाई विभिन्न सुविधा र छुट पनि आएको छ, यसले मर्जरका लागि कत्तिको आकर्षित गर्ला ?

मर्जर नीति स्वेच्छिक रूपमा आएको छ । यो स्वागतयोग्य कुरा हो । मर्जरका लागि अलि लामो ‘होमवर्क’ गरेर रणनीतिक निर्णय लिनुपर्ने कुरा हो । यसमा आफैँ स्वःस्फुर्त रूपमा अगाडि आउँदा त्यसले राम्रो रिजल्ट दिन्छ । मर्जरको उद्देश्य बैंकिङ इन्डस्ट्रिजलाई बलियो सुदृढ बनाउने भन्ने नै हो । अहिले बैंकहरूलाई केही समयका लागि सुविधा र छुटहरू दिएर मर्जर गर्न प्रोत्साहन गर्न खोजिएको छ । ‘क्रस होल्डिङ’लाई मर्जरमा लैजाने कुरा ‘सर्कुलर’को रूपमा अझै आइसकेको छैन तर मुख्य ‘क्रस होल्डिङ’ भएका बैंक धेरै छैनन् । ठूलो ‘क्रस होल्डिङ’ भएर त्यसले प्रभाव पारिरहेको छ भने ठीकै हो तर अरू जुनसुकै मर्जर एउटा रणनीति बनाएर के कको लागि गर्ने पुँजी बढाउन, बिजनेस ‘प्रोडक्ट’ अथवा भौगोलिक पहुँच बढाउन यस्तो खालको उद्देश्यले हुने हो । यस्ता उद्देश्य जहाँ मिल्छ, त्यहाँ मर्जर गर्नु नेपाली बैंकिङ इन्डिस्ट्रिजका लागि सकारात्मक नै हुन्छ ।

जुनसुकै मर्जर एउटा रणनीति बनाएर के कको लागि गर्ने पुँजी बढाउन, बिजनेस ‘प्रोडक्ट’ अथवा भौगोलिक पहुँच बढाउन यस्तो खालको उद्देश्यले हुने हो ।

एनमएबी बैंकका आगामी योजना के छन् ?

हामी ‘मेनस्ट्रिम’को बैंकिङभन्दा फरक ढंगले अगाडि बढ्न खोजिरहेका छौँ । हाइड्रो इनर्जीमा हामी लागिरहेको छौँ । टुरिजम, होटल, रेस्टुरेन्टलगायत नेपालको ‘रियल इकोनमी’लाई सहयोग गर्ने खालको क्षेत्रमा हामी लागिरहेका छौँ । साना माइक्रो एसएमईलाई पनि ‘फोकस’ गरेर जान्छौँ किनभने नेपाल संघीय संरचनामा गइसकेपछि नेपालको विकास काठमाडौँमा मात्र केन्द्रित रहँदैन । कृषि नेपालको ‘जीडीपी’मा एक तिहाइ सहयोग गरेको क्षेत्र भएकोले भोलि त्यसमा सम्भावना भइरहने भएकोले त्यसमा पनि लागिरहेका छौँ ।

साना माइक्रो एसएमईलाई पनि ‘फोकस’ गरेर जान्छौँ किनभने नेपाल संघीय संरचनामा गइसकेपछि नेपालको विकास काठमाडौँमा मात्र केन्द्रित रहँदैन ।

सेवा र बैंकिङ पहुँचको वृद्धि गर्न ‘डिजिटाइजेसन’का लागि पनि काम गरिरहेका छौँ । ‘हामी देख्छौँ अपार सम्भावना’ भनेर अहिले ‘क्याम्पेन’ गरिरहेका छौँ । नेपालको आर्थिक वृद्धि गर्नका लागि यहाँ थुप्रै सम्भावना छन्, त्यसका लागि हामी सहकार्य गेर जान तयार छौँ भन्ने सन्देश दिन खोजेका छौँ । त्यो सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्ने हो भने सबै मिलेर काम गर्नुपर्छ, त्यसका लागि हामीले गाउँ–गाउँमा सचेतना पुर्याउँदै छौँ । भोलिको समृद्ध नेपालको लागि अहिले हामीले काम गरिरहेका छौँ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री