शनिबार, १० साउन २०८२

बालुवाटारमा इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा विस्तार

समयपोष्ट २०७६ भदौ १० गते ११:५२

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ८२ औं शाखा काठमाडौं–४, बालुवाटारमा विस्तार गरेको छ ।

शाखाको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंक सञ्चालक समितिका सदस्यहरूका साथै बैंकका वरिष्ठ अधिकारीहरू र स्थानीय सहयोगीहरूका बीचमा उद्घाटन गरे ।

शाखा स्थानीय माग पूरा गर्नेगरि लकर सुविधासहितको पूर्ण शाखाको रूपमा सञ्चालन हुने बैंकले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र २५औं शाखाको रूपमा रहेको यो शाखा प्रधानमन्त्रीको औपचारिक निवास, नेपाल राष्ट्र बैंक र अन्य संस्थागत भवनहरू भएको स्थानमा अवस्थित छ ।

यस बैंकले यो विस्तारभन्दा अघि हालैमात्र जेबिल्स फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको थियो र बैंकले यसअघिका ग्रामीण विस्तारहरूसँगै यो शाखा थप भएपछि यसको कुशलतामा आधारित सञ्चालन अझ प्रभावकारी हुने दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री