शुक्रबार, १४ वैशाख २०८१

नाडा आटो शोमा राखिएका ६ वटा नयाँ कार (मुल्य र फिचर सहित )

समयपोष्ट २०७३ भदौ १५ गते ४:१६

रेनल्ट क्वीड
‘रेनल्ट क्वीड’ इन्ट्री लेभलको ८ सय सीसी क्षमताको ह्याचब्याक कार हो । स्पोर्टी लुक्सको क्वीडले यसअघि नै बजारमा कब्जा जमाएका कारहरुको बीच भिन्न पहिचान छाड्न सक्छ । आफ्नो इन्ट्री लेभल गाडी क्वीडमा सकेसम्म धेरै फिचर्स राख्न प्रयास गरेको छ । ड्राइभर सिटमा एयरब्याग, एयर कन्डिसनसहित सुन्दर आन्तरिक सजावटले यसलाई थप आकषिर्त बनाएको छ । इन्ट्री लेभलको कारक्वीडको फ्युल इफिसियन्सी उत्कृष्ट छ । यसले २५.१७ किलोमिटर प्रतिलिटरको माइलेज दिने कम्पनीको दावी छ । यसमा २८ लिटर क्षमताको इन्धन ट्याङ्क रहेको छ । क्वीडको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ भने बुट स्पेश ३०० लिटर क्षमताको छ । युरोप, ब्राजिल र भारतजस्ता बजारमा सफलता हासिल गरिसकेको क्वीडले चालक र यात्रुको सुरक्षाका सवै उपायहरु अपनाएको छ । ड्राइभर सिटमा रहेको एयरब्याग सुविधा यो क्लासमा रहेका अन्य कारको भन्दा फरक छ । रेनल्ट डस्टरको मूल्य १६ लाख ८९ हजार ९९० रुपैयाँ भन्दा माथि छ ।

Advertisement

रेनल्टको डस्टर

duster

रेनल्टको ‘डस्टर’ नेपाली बजारमा उत्रिएको नयाँ एसयुभी हो । यो गाडी डिजेल र पेट्रोल दुवै भर्सनमा उपलब्ध गराइएको छ । यसमा ड्युल टोन सफ्ट टच ड्यासबोर्ड, क्रिमसन ब्ल्याक इन्टेरियर, गन मेटल फिनिस एलोई ह््वील लगायत स्पेश फिचर्सहरु छन् । अटोमेटिक क्लाइमेट कन्ट्रोल, ड्युअल विंग्ड फ्रन्ट ग्रिल, हक आई क्लस्टर हेडल्याम्प, कायाक रुफ रेल्स लगायत विशेषता पनि यसमा छन् । डस्टरको डिजेल भर्सनमा १५ सय सिसी र पेट्रोल भर्सनमा १६ सय सिसीको इञ्जिन जोडिएको छ । यो विभिन्न ६ भेरियन्टमा उपलब्ध छ । डस्टर पेट्रोल भर्सन २ र डिजेल भर्सन ४ भेरियन्टमा उपलब्ध छन् । यसको स्मार्ट लुक्ससहित यसमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स छ । गाडीमा वल्र्ड क्लास सेक्युरिटी फिचर्सहरु रहेको कम्पनीको दावी छ । यसको प्रारम्भिक मूल्य ३५ लाख ३३ हजार ९९० रुपैयाँ छ ।

टायोटा  इनोभा क्रिस्टा
innova

टायोटा नेपालका लागि आधिकारिक विक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले यस वर्षको अटो शोलाई लक्षित गर्दै नयाँ इनोभा क्रिस्टा भित्र्याएको छ।  डिजेल इन्जिनमा उपलब्ध यो कार जीएक्स, भीएक्स, जेड एक्स म्यानुअल र अटोमेटिक गरी चार संस्करणमा उपलब्ध छ। जेड एक्स अटोमेटिक २८०० सिसिको छ भने अरुसबै संस्करण २४०० सिसिका छन्। जीएक्सको मूल्य ७४ लाख, भीएक्सको ४ लाख ६० हजार, जेड एक्स म्यानुअलको ९० लाख ३० हजार र जेड एक्स अटोमेटिकको ९८ लाख १० हजार रुपैयाँ तोकिएको छ। ७ सिट क्षमता भएको यो कारमा प्रिमियम डिजाइनको स्मार्ट इन्ट्रि की, डिजीटल डिस्प्ले भएको रियर अटो एसी, सिटको पछाडि फोल्ड गर्न मिल्ने कप होल्डरसहितको टेबल, प्रिमियम लेदर सिट जस्ता फिचर छन् जसले यसलाई अरुभन्दा आकर्षक बनाउँछ।
 
टाटा टियागो 
tata

सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सको नयाँ ह्याचब्याक कार टियागो ल्याएको हो।  २२ लाख ५५ हजारदेखि २८ लाख ५५ हजार रुपैयाँसम्म पर्ने टियागो नाडा अटो शोमा टाटाको मुख्य आकर्षण हो।  नयाँ रिभोर्टन १.२ पेट्रोल इन्जिन भएको यो कारमा क्रोम ह्यान्डल, निटेड फ्याब्रिक, कलर हार्मोनी, ड्युल टोन इन्टेरियरसहित लेर्यड डिजाइन थिम, कस्टुमाइजेवल एयर भेन्टस्जस्ता विशेषता छन्। 

फियाट पुन्टो प्योर 
punto

इटालियन ब्रान्ड फियाट कारको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले नाडा अटो शोमा फियाट पुन्टो प्योर सार्वजनिक गरेको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले विशेष समारोहबीच नाडा अटो शोमा फियाट्को नयाँ कार सार्वजनिक गरेका हुन् । ‘पुन्टो प्योर’ इन्ट्रिलेभल ह्याचब्याक हो। युरोपियन बनोटको यो कारमा बेस्ट इन क्लास १९५ मिमि ग्राउन्ड क्लियरेन्स भएको कम्पनीको दाबी छ। १.२ लिटर फायर पेट्रोल इन्जिनमा उपलब्ध यो कारले ६००० आरपीएममा ६८ पीएस शक्ति र २५०० आरपीएममा ९६ एनएम टर्क उत्पन्न गर्छ। पुन्टो प्योर ‘एक्जोटिक रेड’, ‘हिपहप ब्ल्याक’ र ‘ह्वाइट’ गरी तीन रंगमा उपलब्ध छ। यसको मूल्य २२ लाख ८५ हजार रुपैयाँ तोकिएको छ। यसमा पाँच वटा ढोका छन्। ४५ लिटर क्षमताको इन्धन ट्यांक भएको यो कारले १५.७ किमी प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ। 
 

सुजुकी भिटारा ब्रेजा 
suzu

सीजी नेक्स्ट जेनले स्पोर्टिएस्ट एसयूभीका रुपमा चर्चामा रहेको सुजुकी भिटारा ब्रेजा अटो शोमा सार्वजनिक गरेको छ।  विभिन्न छ संस्करणमा उपलब्ध भिटारा ब्रेजाको अटो शोभर लिमिटेड अप्सनपनि उपलब्ध गराएको छ। लिमिटेड अप्सनमा कम्पनीले स्पोर्ट्स र ग्ल्यामर एडिशन उपलब्ध गराएको हो।  नयाँ भिटारा ब्रेजाको सुरुवाती ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।  कारमा डीडीआईएस २०० डिजल इन्जिन छ जसले ९० पीएस शक्ति उत्सर्जन गर्छ। यसले २४.३ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ। उत्कृष्ट ग्राउण्ड क्लियरेन्स र स्पोर्टी बडी किटसहितको यस कारमा चालक तथा यात्रुको सुरक्षामा विशेष विशेष ध्यान दिइएको कम्पनीको भनाइ छ। 


 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री