बिहीबार, १३ वैशाख २०८१

जनता बैंकद्धारा कृष्ण मन्दिर र हरेकृष्ण धाममा ग्लुकोज पानी वितरण

समयपोष्ट २०७६ भदौ ८ गते १६:३७

Advertisement

जनता बैंकले श्री कृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिर र बुढानिलकण्ठ स्थित हरेकृष्ण धाममा भक्तजनहरुलाई पिउने पानी तथा ग्लुकोज पानी वितरण गरेको छ ।

उक्त दिन दुबै स्थानमा गरी करिव १५ हजार भक्तजनहरुलाई शुद्ध पानी र ग्लुकोज पानी उपलब्ध गराइएको बैंकले जनाएको छ ।

सोही अवसरमा बैंकले हरेकृष्ण धाम, बुढानिलकण्ठका अध्यक्ष श्री रुपेश्वर जोशीलाई बैंकको तर्फबाट रु. १ लाख नगद र ५ थान ठूलो डष्टबिन सहयोग स्वरुप उपलब्ध गराएको थियो ।

हरेकृष्ण धामले हरेक बर्ष कृष्णजन्माष्टमीमा आउने सबै भक्तजनहरुलाई निःशुल्क भोजन (प्रसादी) को ब्यबस्था गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री