बिहीबार, २७ वैशाख २०८१

नगरले गरेको ढलान वडाले फुटाउन खोज्यो

समयपोष्ट २०७६ भदौ ८ गते १६:०८

Advertisement

मध्यपुरथिमि नगरपालिका र वडा कार्यालयको विवादका कारण वडा नं २ मा गरिएको रू १९ लाखको लगानी खेर जाने स्थितिमा पुगेको छ ।

पाञ्चायन नगर सुधार समितिले यहाँ आज आयोजना गरेको विकास निर्माण सम्बन्धी छलफलमा स्थानीयवासीले यस्तो आरोप लगाएका हुन् । तीन महीना अघि मात्रै नगरपालिकाले बुढाथोकी गाउँको उकालो ढलान गरेकामा एक साता अगाडि मात्रै वडा कार्यालयले भत्काउन आएको उनीहरूको गुनासो थियो ।

आयोजक संस्थाका अध्यक्ष वेदप्रकाश खरेलले वडा कार्यालय र नगरपालिकाको टसलले यो क्षेत्रको विकासमा असर परेको बताउनुभयो । बुढाथोकी टोलको उकालोमा भएको ढलान तीन महीना नबित्दै वडा नं– २ का वडा अध्यक्ष राम थापामगर र वडा नं ३ का वडाध्यक्ष प्रेम कुटुले ढलान फुटाउन खोजेको बताउनुभयो ।

वडा नं– ३ लाई पानी लैजानु प¥यो भन्दै ढलान फुटाएर काट्न थालेपछि स्थानीयवासीले विरोध गरेका थिए । विरोधका कारण तत्कालका लागि भत्काउने काम रोकिएको उहाँले जानकारी दिनुभयो ।

Advertisement

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले नगरसभा नियमित हुन नसक्दा विकासका काम कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । नगरसभा सम्पन्न गर्न र बजेट ल्याउनका लागि सहजीकरण गरिरहेको बताउँदै उहाँले नगरसभा सम्पन्न नहुँदा थिमिको विकास पछाडि धकेलिएको छ भन्नुभयोे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री