बिहीबार, १३ वैशाख २०८१

निकिताको जाहेरी प्रहरीले किन गर्यो फिर्ता ?

समयपोष्ट २०७६ भदौ ४ गते १५:२१

Advertisement

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले तीन जना विरुद्ध जाहेरीका लागि दिएको निवेदन प्रहरीले फिर्ता गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले क्षेत्राधिकार नपर्ने भएकाले जाहेरी अस्वीकार गरिएको जानकारी दिए । उनले भने, ‘जाहेरीमा उल्लेख भएका विषय हेरेका थियौँ, हाम्रो क्षेत्राधिकार भित्र नपर्ने भएका कारण हामीले उहाँहरुलाई फिर्ता पठायौँ ।’

निकिताले महानगरीय प्रहरी परिसर काठमाडौंमा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल र नेपाल आज डटकमका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरीका लागि निवेदन दिएकी थिइन् ।

शालिकराम गत साउन २० गते चितवनको नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री