बुधबार, १२ वैशाख २०८१

सुजुकी भिटारा ब्रेजा नेपाली बजारमा

समयपोष्ट २०७३ भदौ १५ गते ३:०६

सीजी नेक्स्ट जेनले नेपाली बजारमा स्पोर्टिएस्ट एसयूभीका रुपमा चर्चामा रहेको सुजुकी भिटारा ब्रेजा सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आयोजना भइरहेको नाडा अटो शो–२०१६ मार्फत कम्पनीले भिटारा ब्रेजा सार्वजनिक गरेको हो। विभिन्न छ संस्करणमा उपलब्ध भिटारा ब्रेजाको अटो शोभरी लिमिटेड अप्सनपनि उपलब्ध गराएकोे छ। लिमिटेड अप्सनमा कम्पनीले स्पोर्ट्स र ग्ल्यामर एडिशन उपलब्ध गराएको हो। नयाँ भिटारा ब्रेजाकोे सुरुवाती ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

Advertisement

कारमा डीडीआईएस २०० डिजल इन्जिन छ जसले ९० पीएस शक्ति उत्सर्जन गर्छ। यसले २४.३ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ। उत्कृष्ट ग्राउण्ड क्लियरेन्स र स्पोर्टी बडी किटसहितको यस कारमा चालक तथा यात्रुको सुरक्षामा विशेष विशेष ध्यान दिइएको कम्पनीको भनाइ छ। कम्पनीले भिटारा ब्रेजा नेपाली बजारमा सेग्मेण्टमै पहिलो पटक डुअल कलर स्किमसहित भित्र्याएको बताएको छ। फ्लोटिङ रुफ डिजाइनसहितका अन्य फिचर्सले कारलाई पृथक तथा आकर्षक लुक प्रदान गर्न उल्लेख्य सहयोग गरेको छ। 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री