शनिबार, १५ वैशाख २०८१

नेकपामा गहिरिँदै विवाद, खोसियो नेता नेपालको बरियता

समयपोष्ट २०७६ भदौ २ गते ८:५८

Advertisement

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको बरियता खोसिएको छ । यससँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिन पुगेको छ ।

आजको नागरिक दैनिकमा खबर छ,आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको बरियताक्रममा उनलाई ल्याइएको छ ।

खनाल पार्टी एकीकरणपछि नेता नेपालभन्दा पछाडिको रोलक्रममा थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री