शुक्रबार, १६ चैत २०८०

२८ वाणिज्य बैंकको रिपोर्ट : नाफामा सरकारी बैंक अगाडी, निजी क्षेत्रको पहिलो बन्यो नविल

समयपोष्ट २०७६ भदौ १ गते ११:४१

Advertisement

२८ वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०७५/७६ को वित्तिय विवरण सार्वजनिक गरेका छन् ।

विवरण अनुसार २८ वाणिज्य बैंकले ६५ अर्ब ३९ करोड खुद नाफा आर्जन गर्न सफल भएका छन् । आर्थिक वर्ष २०७४/७५ को तुलनामा गत आर्थिक वर्षमा बैंकहरुको खुद नाफा २४.५८ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा बैंकहरुले ५१ अर्ब ५० करोड नाफा कमाएका थिए । आथिर्क वर्ष २०७५/७६ मा अघिल्लो आर्थिक वर्षको तुलनामा तीनवटा बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा बढाएका छन् । बैंकहरुले कर्जा लगानी गर्न रकम अभाव भएको खण्डमा पनि नाफा कमाउन सफल भएका छन् ।

२०७५/७६ मा वाणिज्य बैंकहरुको औसत निक्षेप ६.५८ प्रतिशत र कर्जामा १२.३१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्ष राष्ट्र बैंकले निक्षेप र कर्जामा औसत भारित ब्याजदर अन्तर (स्प्रेड दर) ४.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको भए पनि वाणिज्य बैंकले गत आवमा उच्च स्प्रेडदर ९५.७ प्रतिशत राखेर नाफा बढाएको देखिन्छ।

वाणिज्य बैंकहरू र राष्ट्र बैंकबीच स्प्रेडदर गणना विधिमा मतभिन्नताका कारण राष्ट्र बैंकले गत आवमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ल्याएको स्प्रेड दर गणनाको व्यवस्था कार्यान्वयन गर्न सकेन।

गत आवमा सबैभन्दा बढी नाफा गर्ने पहिलो पाँच बैंकमा राष्ट्रिय वाणिज्य बैंक (पाँच अर्ब ३३ करोड रुपैयाँ), कृषि विकास बैंक (चार अर्ब ३५ करोड), नबिल बैंक (चार अर्ब २९ करोड), नेपाल इन्भेस्टमेन्ट बैंक (तीन अर्ब ४२ करोड) र एनआईसी एसिया बैंक (तीन अर्ब ५ करोड) रहेका छन् ।

सबैभन्दा कम नाफा कमाउनेमा सिभिल बैंक (७६ करोड चार लाख रुपैयाँ), सेन्चुरी बैंक (८६ करोड ८ लाख), कुमारी बैंक (एक अर्ब ३३ करोड), जनता बैंक (एक अर्ब ३४ करोड) र सिटिजन्स बैंक (एक अर्ब ४९ करोड) रहेका छन् ।

०७४/७५ तुलनामा गत आवमा नेपाल बैंकको नाफा १८.७७ प्रतिशतले घटेर दुई अर्ब ६१ करोडमा सीमित भएको छ।

त्यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको खराब कर्जा बढेपछि नाफा ६.६६ प्रतिशतले घटेर चालू आवमा तीन अर्ब ४२ करोड खुद नाफा आर्जन भएको छ।

सेन्चुरी कमर्सियल बैंकको नाफा पनि आव ०७४/७५ को तुलनामा ५.६४ प्रतिशतले घटेर ८६ करोड ८ लाख रहेको छ।

कुन बैंकको नाफा कति ?

राष्ट्रिय वाणिज्य बैंक : ५ अर्ब २९ करोड

कृषि विकास बैंक : ४ अर्ब ३५ करोड

नबिल बैंक : ४ अर्ब २९ करोड

नेपाल इन्भेस्टमेन्ट बैंक : ३ अर्ब ४२ करोड

एनआइसी एसिया बैंक : ३ अर्ब ५ करोड

एभरेस्ट बैंक : ३ अर्ब ५ करोड

हिमालयन बैंक : २ अर्ब ८५ करोड

ग्लोबल आइएमई बैंक : २ अर्ब ७९ करोड

नेपाल बैंक : २ अर्ब ६१ करोड

स्टान्डर्ड चार्टर्ड बैंक : २ अर्ब ५० करोड

प्राइम बैंक : २ अर्ब ३७ करोड

एनएमबी बैंक : २ अर्ब ३१ करोड

सिद्धार्थ बैंक : २ अर्ब ३० करोड

नेपाली एसबीआई बैंक : २ अर्ब ३० करोड

सानिमा बैंक : २ अर्ब २४ करोड

प्रभु बैंक : २ अर्ब ५ करोड

बैंक अफ काठमान्डू : १ अर्ब ९३ करोड

मेगा बैंक : १ अर्ब ७२ करोड

सनराइज बैंक : १ अर्ब ७१ करोड

माछापुच्छ्रे बैंक : १ अर्ब ७० करोड

नेपाल बंगलादेश बैंक : १ अर्ब ६२ करोड

लक्ष्मी बैंक : १ अर्ब ५७ करोड

एनसिसी बैंक : १ अर्ब ५३ करोड

सिटिजन्स बैंक : १ अर्ब ४९ करोड

जनता बैंक : १ अर्ब ३४ करोड

कुमारी बैंक : १ अर्ब ३३ करोड

सेन्चुरी बैंक : ८६ करोड

सिभिल बैंक : ७६ करोड

प्रतिक्रिया

सम्बन्धित सामाग्री