शुक्रबार, १६ चैत २०८०

सेञ्चुरी बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने

समयपोष्ट २०७६ साउन ३१ गते ९:४०

Advertisement

सेञ्चुरी कर्मिर्सयल बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समिति बैठकले न्यौपानेलाई नायव प्रमुख कार्यकारी अधिकृतमा गरेको हो ।

विगत २ वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत न्यौपाने लक्ष्मी बैंकबाट बैंकिङ्ग सेवामा आएका थिए। हिमालयन बैंक तथा सनराईज बैंक गरी करिब १५ वर्षको अनुभव भएका न्यौपानेसँग प्रमुख सूचना अधिकारीको अनुभव समेत छ। काठमाडौं विश्व विद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर छन्। जीवन भट्टराई बाहिरिएपछि उनी डेपुटी बनेका हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री