शनिबार, ८ वैशाख २०८१

कामना सेवा र मुक्तिनाथ विकास बैंकले कति कमाए खुद नाफा ?

समयपोष्ट २०७६ साउन ३० गते १३:४६

Advertisement

कामना सेवा विकास बैंक र मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको वित्तिय विवरण सार्वजनिक गरेका छन् ।

विवरण अनुसार कामना सेवा विकास बैंकले ३२ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ को सोही अवधिमा ३७ करोड ४७ लाख खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको निक्षेप ४५.८७ प्रतिशतले वृद्धि भई २२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको निक्षेप १५ अर्ब ७५ करोड रहेको थियो । उक्त अवधिमा बैंकले कर्जा विस्तार ५२.८६ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्षमा १३ अर्ब २० करोड रहेको बैंकको कर्जा लगानी गत आर्थिक वर्षको अन्त्यमा आउँदा २० अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १७.६९ प्रतिशतले वृद्धि गदैं गत आर्थिक वर्षमा ८८ करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । २ अर्ब ५४ करोड रुपैयाँ चुक्तापूँजी भएको बैंकको जगेडा कोषमा ५० करोड ३८ लाख रुपैंयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा १.१३ प्रतिशत रहेको खराब कर्जालाई पनि सुधार गर्दै बैंकले गत आर्थिक वर्षमा शुन्य दशमलव ९० प्रतिशत कायम गरेको छ । बैंकको पूँजीकोष अनुपात १७.०३ प्रतिशत, प्रति शेयर आम्दानी १३ रुपैयाँ ७० पैसा, मूल्य आम्दानी अनुपात ११.६८ गुणा, प्रति शेयर नेटवर्थ १ एक ३१ रुपैयाँ ०९ पैसा, तरलता अनुपात २२.७४ प्रतिशत, आधार दरलाई ११.५९ प्रतिशत, कोषको लागत ८.८६ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ४.९७ प्रतिशत रहेको छ ।

त्यस्तै मुक्तिनाथ विकास बैंकले ८५ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४/७५ को सोही अवधिमा बैंकले ६२ करोड २८ लाख खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकले ४१ अर्ब ६४ करोड ५३ लाख निक्षेप संकलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ५३.२६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २७ अर्ब १७ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा बैंकको कर्जा लगानी ५१.५८ प्रतिशतले बढेर ३७ अर्ब ९४ करोड ५४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २५ अर्ब ३ करोड २९ लाख कर्जा लगानी गरेको थियो ।

बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी ४६.०७ प्रतिशतले बढेर १ अर्ब ९१ करोड ८९ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३१ करोड ३६ लाख थियो । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोषमा ६७ करोड १४ लाख रुपैयाँ रहेको छ ।

खराब कर्जा शुन्य दशमलव ०७ प्रतिशत रहेको बैंककोे मुल्य आम्दानी अनुपात १३.२९ गुणा, प्रतिशेयर नेटवर्थ एक सय ४६ रुपैयाँ २९ पैसा, प्रति शेयर आम्दानी २७ रुपैयाँ ८४ पैसा, आधार ब्याजदर ११.३६ प्रतिशत, कोषको लागत ८.६९ प्रतिशत , पुँजी पर्याप्तता अनुपात १३.३० प्रतिशत, ब्याजदर अन्तर (स्पे्रड रेट) ४.९८ प्रतिशत र सीसीडि ७६.४२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री