शुक्रबार, १४ वैशाख २०८१

‘एनआईसी एशिया रेमिट’योजना : एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा

समयपोष्ट २०७६ साउन ३० गते १३:२६

Advertisement

एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया रेमिट’को चाडपर्व योजना सञ्चालनमा ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले एनआईसी एशिया रेमिटबाट नेपालभित्र एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा पठाउन पाउनेछन् ।

भाद्र १ देखि आश्विन ३० गतेसम्म लागू हुने उक्त योजनामा ग्राहकहरुले एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउँदा हरेक दोस्रो कारोबार सित्तैमा गर्न पाउने सुविधा प्रदान गरिएको हो ।

उक्त विप्रेषण रकम यस बैंकका देशभर फैलिएको २९५ शाखा कार्यालयहरु, ५७ वटा एक्सटेन्सन काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ ।

भाद्र १ देखि आश्विन ३० गतेसम्म लागु हुने उक्त योजनाबाट चाडपर्वको समयमा ग्राहकहरुले रकम पठाउँदा उच्चतम लाभ हुने र झन्झटरहित तरिकाबाट धेरै शाखा सञ्जाल भएको बैंकमार्फत सजिलै रकम पठाउन र निकाल्न सकिने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री