शनिबार, १५ वैशाख २०८१

बाणिज्य बैंकको नाफा ५ अर्ब ३२ करोड, इन्भेष्टमेन्टको तीन अर्ब ४१ करोड

समयपोष्ट २०७६ साउन ३० गते १२:५५

Advertisement

राष्ट्रिय बाणिज्य बैंकले ५ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको थियो। बैंकले खुद व्याज आम्दानी मात्रै १० अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ९ अर्ब ११ करोड रुपैयाँ थियो।

बाणिज्य बैंक अरु बैंकभन्दा निक्षेप संकलन र ऋण लगानीमा आक्रामक देखिएको छ। सर्वसारधाण तर्फको निक्षेप एक खर्ब ९० अर्ब रुपैयाँ संकलन गरि एक खर्ब ४४ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले एक खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १७ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो।

बैंकको पूँजीकोष अनुपात १३.२० प्रतिशत छ। खराव कर्जा ४.७५ प्रतिशतबाट ३.९० प्रतिशतमा झारेको छ। बैंकले आधार व्याजदर थप ६.२० प्रतिशतबाट ५.५० प्रतिशतमा झारेको छ।

राष्ट्र बैंकको निर्देशन अनुसार स्प्रेददर झार्न खोजे पनि अझै राष्ट्र बैंकले दिएको सिलिङ भन्दा थोरै मात्रै माथि छ। बैंकले स्प्रेडदर ४.९५ प्रतिशतबाट ४.४६ प्रतिशतमा झारेको हो।

बैंकको चुक्ता पूँजी ९ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा १३ अर्ब ७३ करोड रुपैयाँ जम्मा गरेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ६.६६ प्रतिशतले घटेको छ। बैंकले गत आर्थिक बर्ष तीन अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ।

अघिल्लो आर्थिक बर्ष तीन अर्ब ६५ करोड रुपैयाँ थियो। निक्षेप, ऋण लगानी, खुद व्याज आम्दानीमा उल्लेख्य सुधार गरे पनि मूख्य तीन वटा ऋणमा समस्या आउँदा एक अर्ब ५० करोड रुपैयाँ प्रोभिजनिङ गर्नु परेको छ।

बैंकले खुद व्याज आम्दानी ५.१२ प्रतिशतले सुधार गर्दै ६ अर्ब १५ करोड रुपैयाँ आर्जन गरेको छ। निक्षेप संकलन ९.३७ प्रतिशतले सुधार हुँदा ऋणको विस्तार भने ३.९५ प्रतिशत मात्रै छ। सर्वसाधारणको एक खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २३ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ।

निक्षेप संकलन अनुसार ऋण लगानीमा आक्रामक नदेखिएको बैंकको पूँजी कोष अनुपात १२.६६ प्रतिशतबाट १३.६५ प्रतिशत फराकिलो भएको छ। बैंकको खराब कर्जा १.४२ प्रतिशतबाट बढेर १.७८ प्रतिशत पुगेको छ।

आधार व्याजदर ९.०२ प्रतिशतबाट ८.३३ प्रतिशतमा झारेको छ। राष्ट्र बैंकको निर्देशनभन्दा तलै रहेको स्प्रेड दरमा यस पटक थोरै प्रतिशत विन्दुले बढाएर ४.३८ प्रतिशत पुर्याएको छ। चुक्ता पूँजी १० अर्ब ६४ करोड रुपैयाँबाट १२ अर्ब ८६ करोड रुपैयाँ पुर्याउदा प्रति शेयर आम्दानी ९ रुपैयाँले घटेको छ। जगेडा कोषमा १० अर्ब ९५ करोड रुपैयाँ जम्मा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री