बिहीबार, १३ वैशाख २०८१

हिमालयन बैंकको नाफा ५१ प्रतिशतले बृद्धि

समयपोष्ट २०७६ साउन ३० गते १२:३८

Advertisement

हिमालयन बैंकले ५१ प्रतिशतले नाफा बढाएको छ। बैंकले दुई अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको हो।

अघिल्लो बर्ष एक अर्ब ८७ करोड रुपैयाँ थियो। खुद व्याज आम्दानी ५ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको सोहि अवधिमा यस्तो आम्दानी चार अर्ब ३२ करोड रुपैयाँ थियो।
बैंकले एक खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९२ अर्ब ८२ करोड रुपैयाँको ऋण लगानी गरेको छ। अघिल्लो वर्ष ९८ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरि ८२ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।

चुक्ता पूँजी ८ अर्ब ५२ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको छ। खराव कर्जा १.४० प्रतिशतबाट १.१२ प्रतिशतमा झार्न सफल हुँदा बैंकको नाफामा उल्लेख्य सुधार भएको हो।

स्प्रेडदर घटाए पनि नेपाल राष्ट्र बैंकले निर्देशन गरेको भन्दा माथि ४.४७ प्रतिशत छ। आधार व्याजदर थोरै मात्रै घटेर ९.०५ प्रतिशत छ। प्रतिशेयर आम्दानी १० रुपैयाँले बढेर ३३ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री