शुक्रबार, १४ वैशाख २०८१

जनता र एन बि बैंकको नाफा बढ्यो

समयपोष्ट २०७६ साउन ३० गते १२:३४

Advertisement

नेपाल बंगलादेश बैंक र जनता बैंकले नाफा बढाएका छन् ।

नेपाल बंगलादेश बैंकले ४१.५६ प्रतिशतले नाफा बढाएको छ। असार मसान्तसम्ममा एक अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष एक अर्ब १४ करोड रुपैयाँ थियो। खुद व्याज आम्दानी दुई अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष एक अर्ब ९७ करोड रुपैयाँ थियो।

गत वर्ष ५९ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरि ५२ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्ष ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ४० अर्ब ८७ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। निक्षेप र ऋण लगानीमा खासै आक्रामक नदेखिए पनि बैंकले स्प्रेडदर बढाएर नाफा बढाएको हो।

बैंकले ३.६७ प्रतिशतबाट ४.६४ प्रतिशतमा स्प्रेडदर बढाएको छ। स्प्रेडदर बढाउने क्रममा नेपाल राष्ट्र बैंकले निर्देशन गरेको सिलिङ नघाएको छ। नाफामा सुधार सँगै १४ रुपैयाँबाट २० रुपैयाँ पुर्याएको छ।

त्यस्तै जनता बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३४ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो एक अर्ब रुपैयाँ थियो। खुद व्याज आम्दानी दुई अर्ब ४० करोड रुपैयाँबाट तीन अर्ब ४१ करोड रुपैयाँमा पुगेको छ।

सर्वसाधारणबाट ७६ अर्ब एक करोड रुपैयाँ निक्षेप संकलन गरि ६६ अर्ब ८४ करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्षमा बैंकले ५८ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरि ५२ अर्ब ७९ करोड रुपैयाँ ऋण विस्तार गरेको थियो।

चुक्ता पूँजी ८ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ७० करोड रुपैयाँ जम्मा गरेको छ। पूँजीकोष अनुपात १३.३३ प्रतिशत छ भने खराव कर्जा केहि सुधार गर्दै १.११ प्रतिशतमा झारेको छ। प्रतिशेयर आम्दानी १२ रुपैयाँबाट १६ रुपैयाँमा सुधार गर्न सफल भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री