शुक्रबार, १६ चैत २०८०

आन्तरिक उडानमा देखिएका समस्या समाधान हुन्छ : मन्त्री भट्टराई

समयपोष्ट २०७६ साउन २९ गते २१:१४

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अवको एक महीनाभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शद्धारा आज यहाँ आयोजित “नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका सम्भावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका” विषयक अन्तक्र्रियामा मन्त्री भट्टराईले पहिलेको तुलनामा सुधार भएको र आकाशमा हुने ‘हवाई ट्राफिकिङ’ लगायतका समस्यालाई अझै व्यवस्थित ढङ्गबाट समाधान गरी समग्र सुधार गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले विमानस्थलको सुधार, भूकम्पबाट भत्किएका सम्पदाको पुनःसंंरचना लगायतका कामलाई सरकारले तीव्रता दिएको छ, पर्यटन वर्षलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्दछु ।”

मन्त्री भट्टराईले सगरमाथामा फोहरका कारण जाम भए÷नभएको बारेमा अध्ययन गरेर मन्त्रालयले प्रतिवेदनसमेत सार्वजनिक गरेको जानकारी दिनुभयो । उहाँले विमानस्थलमा खटिएका कर्मचारीलाई सकारात्मक सोचको तालीमको समेत व्यवस्था गरिएको बताउँदै आन्तरिक उडानमा देखिएका समस्यासमेत समाधान गर्ने बताउनुभयो ।

मन्त्री भट्टराईले आन्तरिक विमानस्थलको विकास र विस्तारको काम भइरहेको भन्दै पोखरा, बारा र रुपन्देहीलगायतका स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्रताका साथ अघि बढिरहेको बताउनुभयो । चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले भारत र चीन लगायतका मुलुकको जनसङ्ख्याको करीब ०.१ प्रतिशत पर्यटकलाई नेपाल ल्याउनुपर्नेमा जोड दिनुभयो ।

चेम्बरका निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत र वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललगायतले नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार समक्ष आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री