बुधबार, १२ वैशाख २०८१

मेगा बैंकको नाफा ३०.५१ प्रतिशतले बढ्यो

समयपोष्ट २०७६ साउन २९ गते ९:५०

Advertisement

मेगा बैंकले गत आर्थिक वर्ष ३०.५१ प्रतिशतले नाफा बृद्धि गरेको छ । बैकले एक अर्ब ७१ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष बैंकले १ अर्ब ३१ करोड १२ लाख खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ५९.९१ प्रतिशतले बढेर ३ अर्ब ७९ करोड ५६ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३७ करोड ३५ लाख थियो । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख रुपैयाँ रहेको छ । भने जगेडा कोष १ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्ममा बैंकले ७८ अर्ब ६८ करोड ४८ लाख निक्षेप संकलन गरेको छ। जुन अघिले आर्थिक वर्षको सोहि अवधिको भन्दा २८.८६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा बैंकले ६१ अर्ब छ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो । उक्त अवधिमा बैंकको कर्जा लगानी २५.६४ प्रतिशतले बढेर ६९ अर्ब ९८ करोड ७९ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५५ अर्ब ७० करोड ४२ लाख कर्जा लगानी गरेको थियो ।

खराब कर्जा ०.८६ प्रतिशत रहेको बैंककोे मूल्य आम्दानी अनुपात १२.८७ गुणा, प्रतिशेयर नेटवर्थ एक सय ३० रुपैयाँ ९३ पैसा, प्रति शेयर आम्दानी १६ रुपैयाँ ५५ पैसा, आधार ब्याजदर ९.९८ प्रतिशत, कोषको लागत ७.६७ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १५.४८ प्रतिशत र सीसीडि ७५.७९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री