शनिबार, ८ वैशाख २०८१

सनराइज बैंकको नाफा १ अर्ब ७० करोड

समयपोष्ट २०७६ साउन २९ गते ९:४५

Advertisement

सनराइज बैंकले गत आर्थिक बर्ष १ अर्ब ७० करोड खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष बैंकले १ अर्ब ४७ करोड खुद नाफा आर्जन गरेको थियो।

गत आर्थिक बर्ष बैंकले ११.९७ प्रतिशतले बढाएर ७५ अर्ब ४३ करोड निक्षेप संकलन गरेको छ भने १६.३२ प्रतिशतले बढाएर ६८ अर्ब ८७ करोड कर्जा लगानी गरेको छ। बैंकको मुख्य आम्दानीको रुपमा मानिने खुद ब्याज आम्दानी ३५.४७ प्रतिशतले बढेर ३ अर्ब ५९ करोड पुगेको छ। अघिल्लो आर्थिक बर्ष बैंकले २ अर्ब ८७ करोड खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको चुक्ता पुंजी ८ अर्ब १५ करोड छ भने जगेडा कोषमा ४ अर्ब १९ करोड छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात १.०३ प्रतिशत छ भने प्रति सेयर आम्दानी २० रुपैयाँ ९४ पैसा, प्रति सेयर नेटवर्थ १५१ रुपैयाँ ४७ पैसा र मुल्य आम्दानीको अनुपात ११.८४ गुणा छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री