शुक्रबार, ७ वैशाख २०८१

कामना सेवाद्धारा सहयोग तथा चेक हस्तान्तरण

समयपोष्ट २०७६ साउन २७ गते १८:३०

Advertisement

कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत देशका बिभिन्न स्थानमा सहयोग गरेको छ ।

रुपन्देही जिल्ला वुटवल ६ स्थित श्री तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेका छन् । बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले स्कुल झोला वितरण गर्नु गरेका हुन् ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकामा सि सि क्यामेरा जडानका लागि सि सि क्यामेरा जडान उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक तुलसी प्रसाद आचार्यले २५ हजारको चेक हस्तान्तरण गरे ।

यसैगरी बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकहरmलाई स्वास्थ्य बीमा गर्दै आएकोमा शाखा कार्यालय दमकका ग्राहक सारदा आङ्देम्बेलाई रु.९,६०७।– र बेसिशहरका ग्राहक रन्जिता अधिकारीलाई रु. ६७,८१९।– स्वास्थ्य बीमा अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री