शुक्रबार, १४ वैशाख २०८१

पन्ध्रौ वाइ वाइ नेशनल एजुकेशन अवार्ड सम्पन्न

समयपोष्ट २०७६ साउन २७ गते १८:०९

Advertisement

शिक्षालय मासिकको आयोजनामा पन्ध्रौ वाइ वाइ नेशनल अवार्ड सम्पन्न भएको छ । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आज भएको एक कार्यक्रमबीच पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष्न पुष्पकमल दाहाल प्रचण्डले अवार्ड विजेताहरुलाई पुरस्कृत गर्नुभएको हो । कार्यक्रममा १३ विधामा १६ जनालाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेहरुमा वेष्ट टिचर अवार्डबाट हनुमन्तेश्वर मावि, दोलखाका गोपालध्वज श्रेष्ठ, बेष्ट स्टुडेन्ट अवार्डबाट कालिका मानवज्ञान मावि, बुटवलकी सविना सुवेदी, राइजिङ अवार्डबाट सम्बृद्धि एजुकेशन फाउण्डेशन, भक्तपुर, क्रिएटिभ कलेज अवार्ड बाट एनसीसीएस, पकनाजोल, काठमाडौं सम्मानित भएका छन् ।

यसैगरि कन्ट्रिब्यूसन अवार्डबाट शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीइ नेपाल), एजुकेशन जर्नालिष्ट अवार्डबाट नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोबार दैनिकका गोपाल संग्रौला पुरस्कृत भए ।

डेडिकेशन अवार्डबाट नेपाल सरकारका सहसचिव खगेन्द्र नेपाल तथा दाङका शिक्षासेवी मान बहादुर बुढा, प्रिन्सिपल अफ दि इयरबाट नाइटिङ्गेल एजुकेशन फाउण्डेशनकी रञ्जना प्रधान, गुडविल अचिभेमेन्ट अवार्डबाट नवलपरासीको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट, एक्सिलेन्स अवार्ड बाट ग्लोवल कलेज अफ म्यानेजमेन्ट, स्कुल अफ दि इयर बाट सामुदायिकतर्फ जनज्योती मावि सुर्खेत तथा संस्थागततर्फ न्यू होराइजन स्कुल, रुपन्देही पुरस्कृत भएका छन् ।

एजुकेशन भिजन अवार्डबाट शिक्षासेवी बालानन्द पौडेल, इन्स्पिरेसनल अवार्डबाट सांसद शान्ता चौधरी र लाइफटाइम लाइफटाइम एचिभमेन्ट अवार्डबाट कास्कीका शिक्षासेवी रत्नमान गुरुङ सम्मानित भए ।

कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक विकासका लागि सबैपक्ष लाग्नुपर्ने बताउनुभयो । एसडिके कोरियाका प्रमुख प्रो. जोङ दाइ की ले नेपालका शिक्षालयहरुसँग सहकार्य गर्ने जानकारी दिनुभयो । कार्यक्रमका निर्देशक बालमुकुन्द आचार्यले शिक्षामा नीतिगत विकाससँगै व्यावहारिक विकासको आवश्यकता रहेकोमा बताउनुभयो । शिक्षालयका प्रधान सम्पादक श्याम तण्डुकार नेशनल एजुकेशन अवार्डलाई इन्टरनेशनल बनाउने सोच रहेका भाव व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, शैक्षिक संघसंगठनका प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न नगपालिकाका मेयर, शिक्षाकर्मी, शिक्षासेवी र पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री