बिहीबार, ८ साउन २०८२

कपडा बैंक सञ्चालनमा,जुत्ता, भाँडाकुँडासमेत राख्न पाइने

समयपोष्ट २०७६ साउन २७ गते १०:१६

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका कार्यालय अगाडि कपडा बैंक (दराज) को स्थापना गरिएको छ ।

बनेपा नगरपालिका–८ का स्थानीय बासिन्दा सर्वश्री अधिकारीको सक्रियतामा शनिबारबाट कपडा बैंक सञ्चालनमा ल्याइएको हो । बैंकले दिनदुःखीका लागि निःशुल्करुपमा कपडा उपलब्ध गराउँदै आएको छ ।

असहाय तथा विपन्न गरीबलाई सहयोग पु¥याउने उद्देश्यले खेर गइरहेको सामान प्रयोगमा ल्याउने गरी सो कपडा बैंक स्थापना गरिएको सञ्चालक सर्वश्री अधिकारीले बताउनुभयो । “हाम्रो लक्ष्य भनेको नै दिनदुःखी र गरीबीको लागि सहयोग पु¥याउने हो ।” उहाँले भन्नुभयो, “चाहिन्छ लानुहोस्, चाहिँदैन ल्याउनुहोस् भन्ने नाराका साथ सफा, नच्यातिएको टुटफुट नभएको आफूलाई आवश्यक नभएको तर अरुलाई आवश्यक हुने सामान ल्याउनको निमित्त अनुरोध गर्न चाहन्छु ।”

१०० एस ग्रुपको सदस्य र दिनानाथ दाहाल स्मृति प्रतिष्ठान काभ्रे तथा नवजीवन परोपकार समाज काठमाडौँको आजीवन सदस्यसमेत रहनुभएका उहाँले सो संस्थाको अगुवाइमा काठमाडाँैको अनामनगर, जावलाखेल र सामाखुशीमा समेत कपडा बैंक सञ्चालनमा ल्याएको बताउनुभयो । पुराना कपडासँगै जुत्ता, भाँडाकुँडासमेत कहाँ राख्ने, कसलाई दिने, के गर्ने भनेर चिन्तामा हुनुहुन्छ भने ती सामान आफूहरुलाई कपडा बैंकमा ल्याएर उपलब्ध गराउन अनुरोध गर्नुभयो ।

त्यसको लागि बनेपा नगरपालिकाले नगरपालिकाको गेट नजिकैको पश्चिमपट्टिको खाली जग्गामा नगरपालिकालाई आवश्यक पर्दा खाली गर्ने गरी अहिलेको लागि कपडा बैंक राख्न अनुमति दिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री