बुधबार, २६ वैशाख २०८१

मेनपावर कम्पनीलाई सनराइज बैंकको अफर : २७ लाखमा डेढ करोडको बैंक ज्ञारेन्टी

समयपोष्ट २०७६ साउन २७ गते १०:२१

Advertisement

सनराइज बैँकको कर्पोरेट लोनको अवस्था कस्तो छ ?

सनराइज बैँक स्थापनाको हिसाबले तेसौँ बाणिज्य बैँक हो । हामी अहिले एघारौँ बर्षमा छौ । कर्पोरेट लोनतर्फ समग्रमा ७७ अर्ब जति निक्षेप र ७० अर्ब जति लोन प्रवाह गरेका छौ । यससंगै सम्बन्धित अन्य सुविधाहरु पनि हुन्छन् । यसलाई हामी कोषमा आधारित र गैह्र कोषमा आधारित भन्छौँ । गैह्र कोषमा आधारित सुविधालाई  बैंक तथा वित्तिय सम्बन्धि ऐनले कर्जा मै परिभाषित गरेको छ । जमानत, एलसि गैह्र कोषमा हुन्छ । गैह्र कोषमा आधारित त्यस्तो याक्सपोजर ३० अर्ब छ । यता ७० अर्बको छ । सालाखाला १ सय अर्बको कर्जामा हामी छौ।

बैँकको ग्यारेन्टी बिजनेस कस्तो छ, यसबारे पनि संक्षिपतमा बताईदिनुस न ? 

बैंकले दिने सुविधा भनेको पहिलो कोषमा आधारित हुन्छ । जसलाई हामी नगद नै दिन्छौ । कसैलाई घर बनाउनुपर्यो भने उसलाई नगद नै दिनुपर्ने हुन्छ । त्यसको लागि उसको लोन अकाउण्ट बनाएर चल्ती खातामा पैसा राखिदिन्छौ । कसैलाई विदेशबाट सामान आयात गर्नुपर्यो, गाडी किन्नु पर्यो अथवा ब्यक्तिगत कामकाजको लागि कर्जा दिदा हामीले त्यहीँ गरिदिन्छौ । कोष नै बनाएर रकम निकाल्ने सुविधा दिने कोषमा आधारित सुविधा हो । अन्तराष्ट्रिय सिद्धान्त अनुसार बैंक स्थापना हुँदा बैंकको परम्परागत कार्य भनेको जनतासंग बढी भएको निक्षेप लिने र आवश्यक पर्नेलाई दिने नै हो । तर बैंकले अहिले फण्डेड काम मात्रै गर्दैन । कमिटमेण्ट, काउन्सिलिंगको सुविधा पनि दिने गरेको छ । जस्तो अन्तराष्ट्रिय स्तरमा ब्यापार गर्नुपर्यो । संसारको कुनै पनि कुनाबाट वस्तु तथा सेवा आयात गर्दा बैंकको कमिटमेण्ट चाहिन्छ । त्यो कमिटमेण्ट भनेको यो यो कण्डिसन अनुसार सामान आए भुक्तानि गरिदिन्छु भनेर बैंकले लेटर जारी गर्छ । त्यसलाई हामी ‘एल सि’ अर्थात लेटर अफ क्रेडिट भन्छौ । त्यस्तो सुविधालाई गैह्र कोषमा आधारित सुविधा भनिन्छ । गैह्र कोषमा आधारित सुविधा भनेको एउटा अन्तराष्ट्रिय बैंकहरुलाई नेपालको बैंकले गरेको कमिटमेण्ट हो र जुन दिन पेमेण्ट गर्छ त्यसलाई क्रिष्टलाइजेसन अफ नन् फण्डडेड फेसिलिटी भन्छ ।

Advertisement

अर्को पुर्ण बैंक जमानत भनेको बैंकले कुनै पनि हिताधिकारीलाई यदि तेरो ऋणीले पैसा तिरेन भने मागेको बखत कुनै शर्त बिना तुरुन्तै पैसा दिन्छु भनेर जमानत जारी गरेको हुन्छ त्यसलार्इृ बैंक जमानत भनिन्छ । बैंक जमानतामा विभिन्न किसिमका क्राइट एरियाहरु हुन्छन् । कतिपयमा जारी नगरी नहुने पनि हुन्छ । जस्तो नेपाल सरकारले आफ्ना खर्च तथा सेवा सार्वजनिक ऐन अन्तर्गत गर्नुपर्ने हुन्छ । ऐन अन्तर्गत गर्दा उसका सर्टेन प्रकृयाहरु छन् । बिड गर्नुपर्यो भने यति बराबर नेपालको मान्यता प्राप्त बैंकको बिड लिएर आउन भनिन्छ । उसले नगदनै लिएर गए पनि उसको टेण्डरमा सहभागि हुन पाएन । त्यसकारण हामी त्यसलाई भन्छौ मेण्डेटोरी । त्यस्तै पर्यटन बोर्डले कसैलाई ट्राभलको लाइसेन्स दियो उसले बैंकबाट पाँच लाख बराबरको जमानत लिएर आउ भन्छ । त्यस्तै तपाईले बैंकबाट सामान आयात गर्नुहुन्छ । त्यसको लागि तीन लाख बराबरको यक्जिम कोड लिनुपर्ने हुन्छ । त्यसको लागि पनि जमानत लिउ भन्छ । त्यसकारण यसले ब्यापार ब्यवसाय गर्दा सहजिकरण गरिदिन्छ । मेण्डेटोरी कानुनले तोकेको प्रकृयागत कुराहरु पनि छदैँ छ ।

मेनपावर कम्पनीलाई बैंकले दिने जमानत कस्तो हुन्छ ?

वैदेशिक रोजगार संघले दिएको डेटा अनुसार अहिले नेपालमा सालाखाला वैदेशिक रोजगारमा पठाउने १२ सय ५० लाइसेन्स होल्डरहरु रहेका छन् । पहिले सात लाख रुपैयाँ उनीहरुलाई नगद धरौटी राख्नुपर्ने र २३ लाख बराबर बैंक जमानत लिनुपर्ने थियो । यो कानुन, ऐनले तोकेको मेण्डेटोरी जमानत हो । वैदेशिक रोजगारी सम्बन्धि ऐन २०६४ अन्तिम शंशोधन भएर २०७५ भएको छ । यसले अहिले साविकमा भैरहेको बैंक जमानत र धरौटीको नियमलाई ऐनमै किन बढाएर ल्यायो त भन्दा अहिले भैरहेको नगद सात लाख र २३ लाख धरौटीको अवधि पाँच बर्षको हुन्छ । अहिले सात लाखलाई पचास लाख र २३ लाखलाई डेढ करोड बनायो । यदि बार्षिक एक सय भन्दा कम मान्छे पठाउछ भने त्यो मेनपावर खारेज नै गर्ने भनिएको छ । एक सय देखि तीन हजारसम्म पठाउछ भने बल्ल पचास र डेढ करोडको नियम हो । तिन हजार देखि चार हजार पठाउछ भने बढेर एक करोड हुन्छ । त्यो विस्तारै बढ्दै जाने हो । अन्तिम दुुई करोड नगद र चार करोड बैंक ग्यारेण्टी जुन छ त्यसको अन्तिम सिलिंग भनेको त्यही हो ।

यो व्यवसायमा सनराईज बैकले के गरिरहेको छ ?

यो व्यवसायका बिषयमा विभिन्न मेन पावर कम्पनीसंग हाम्रो कुरा भैरहेको छ । अहिले नेपालमा थुप्रै मेन पावर कम्पनीहरु छन् । ठगीका घटनाहरु पनि बढ्दो छ । विदेश जाने अधिकांश दक्ष र सिप भएका छैनन् । त्यसकारण यहाँका मेन पावर कम्पनीहरुले जुन देशमा जनशक्ति पठाउने हुन् त्यहाँको कम्पनी चिरपरिचित होस् । सरकारले विभिन्न देशसंग फ्रि टिकट र फ्रि भिसा भनेर सम्झौता गरेको छ । रोजगारका लागि जाने युवाले केही खर्च गर्न नपरोस् । वैदेशिक रोजगार दाताले सबै खर्च बेहोरिदियोस् । उनीहरुको सबै खर्चहरु मेन पावर कम्पनीमा आउनुपर्छ । नभए यो लागु गर्दैनौ भनेर बारम्बार सरकारले प्रेसर गरिरहेको छ । स्वतन्त्र ब्यापारको नियम अनुसार सरकारले कसैलाई पनि ब्यापार नगर भन्न पाउँदैन । तर सरकारले अलिकति कडा नीति ल्याइदियो । यस किसिमको कडा नीति ल्याइसकेपछि मेनपावर कम्पनीहरुले डेढ करोड धरौटी बैंकबाट ल्याउछौ तर ५० लाख रुपैयाँ तपाई कहाँ रहदा बिना ब्याजमा रहन्छ । यसलाई हामी तपाईको नाममा बैंकमै राख्छौ । ब्याज हामीले पाउ भन्ने माग राखे । उनीहरु उक्त माग लिएर मन्त्री प्रधानमन्त्रीदेखी सबै कहाँ गए । तर सरकारले सकेसम्म घटाउन खोजेको छ । उनीहरुले भने अनुसार सुविधा दिदा त नघट्ने भयो । त्यसकारण सरकार आफुले ल्याएको नीतिमा अडिग रह्यो ।

बजारमा जमानत भनेको नगद राखेर मात्र लिन पाइन्छ भन्ने आम धारणा छ । जो बैदेशिक ब्यापारी छन् उनीहरुले एउटा कोणबाट मात्रै बुुझे । जमानत भनेको बैंकले हामीलाई चिठ्ठी जारी गरिदिनुपर्छ । बैंक जमानत बस्नुपर्छ । त्यसकारण हामीले अरु धितोहरु लगेर बैंकमा राख्नुहुँदैन ।

अब भदौ १८ गतेसम्म सरकारले भनेको रिक्वायरमेण्ट पुरा नगरे उनीहरु स्वत खारेज हुने छन् । त्यसकारण अहिले हामी लगायत केही बैंकहरुले यसमा फोकस गरेका छौं । उनीहरुलाई अफर पनि दिएका छौं । प्राइम बैंकको २५ लाख नगद धरौटी र चार लाख रुपैयाँ कमिसन । ग्लोबलको २५ लाख धरौटी साढे चार लाख रुपैयाँ कमिसन । त्यो बाहेक सन राइज बैंकले पनि तीन चार ओटा अफर गर्यो । धरौटी २३ लाख र ४ लाख कमिसन दिएर कोही आउछ भने हामी ग्यारेण्टी इस्यु गरिदिन्छौ । त्यस बाहेक कसैले धेरै पैसा राख्छु भन्यो भने त्यसमा ब्याज पनि दिन्छौ । त्यसमा ३५ प्रतिसतसम्म लिएर आउछ भने नौ दशमलव पचहत्तरको दरले बार्षिक ब्याज पनि दिन्छौ । कसैले धितो मात्रै लिएर आउछ भने पनि जमानत जारी गरिदिन्छौ । बजारमा जमानत भनेको नगद राखेर मात्र लिन पाइन्छ भन्ने आम धारणा छ । जो बैदेशिक ब्यापारी छन् उनीहरुले एउटा कोणबाट मात्रै बुुझे । जमानत भनेको बैंकले हामीलाई चिठ्ठी जारी गरिदिनुपर्छ । बैंक जमानत बस्नुपर्छ । त्यसकारण हामीले अरु धितोहरु लगेर बैंकमा राख्नुहुँदैन । एफ डि पनि राख्नुहुँदैन । पाउने जुन नगद सुविधा छ त्यो मात्रै लिनुपर्छ भन्ने उहाँको जुन कन्सेप्ट छ त्यसबाट उहाँहरुलाई दुुई ओटा घाटा भएको मैले देखेको छु । एउटा उहाँहरुले राखेको धरौटीमा ब्याज पाउनुहुन्न । जस्तो कसैसंग २५ मा दश लाख बढी छ भने उहाँहरुले ३५ लाख राख्दा ब्याज पाउने हुुनुुभयो । अर्को बैंकलाई धितो नदिइ धरौटी मात्र दिदाँ धितो सुरक्षित छ भोलि ग्यारेण्टी नउठे पनि मलाई केही हुन्न भन्ने सोच्नुभयो त्यो पनि गलत हो । किनभने बैंकले उहाँको सम्पत्ती कति छ भन्ने देखी तीन पुस्ताकै हिसाब राखेको छ । उहाँहरुले त्यो पैसा नतिरे हामी ब्ल्याक लिष्टमा राख्छौ,मुद्धा लड्छौ । डेढ करोडको क्लेम आयो भने मैले अन कण्डिस्नल्ली, अन डिमाण्ड वैदेशिक रोजगार विभागलाई दिन परिहाल्छ । अनि बाँकी पैसा त उहाँहरुसंग नै असुल गर्ने हो । त्यसकारण त्यसमा पनि उहाँहरु भ्रममा नै हुनुहुुन्छ । यसै सन्दर्भमा भन्नुपर्दा अहिलेसम्म सबैभन्दा राम्रो सुविधा हामीले नै दिएका छौ । विभिन्न वैदेशिक रोजगार संघहरुसंग अन्र्तक्रिया गरेर तपाईले जुनसुकै बैंकबाट काम गरेपनि कमसेकम बुुझेर गर्नुहोस् भनेका छौं । कहिलेकाहीँ बैंकिंङ सेक्टरमा पनि काउन्सिलिंगको जरुरत हुन्छ ।

डेढ करोडको क्लेम आयो भने मैले अन कण्डिस्नल्ली, अन डिमाण्ड वैदेशिक रोजगार विभागलाई दिन परिहाल्छ । अनि बाँकी पैसा त उहाँहरुसंग नै असुल गर्ने हो । त्यसकारण त्यसमा पनि उहाँहरु भ्रममा नै हुनुहुुन्छ । यसै सन्दर्भमा भन्नुपर्दा अहिलेसम्म सबैभन्दा राम्रो सुविधा हामीले नै दिएका छौ । विभिन्न वैदेशिक रोजगार संघहरुसंग अन्र्तक्रिया गरेर तपाईले जुनसुकै बैंकबाट काम गरेपनि कमसेकम बुुझेर गर्नुहोस् भनेका छौं ।

यो व्यवसायमा सनराईज बैंकले बढी जोड दिनुको कारण के हो ?

वैदेशिक ब्यापारकोे घाटा पुर्ति गर्ने भनेको वैदेशिक रोजगारले नै हो । अहिले जति पनि नेपालमा कमाएका ग्लोबल आइ एम इ ग्रुप देखी सबैले कमाएका रेमिट्यान्सबाट नै हो । अहिले संसारकै कन्सेप्ट भनेको ग्लोबल मोविलिटी । जुम्लामा बस्ने मानिस जुम्लामा महिनामा एक हजार कमाउछ तर त्यहीँ मान्छे मलेसियामा गएर महिनामा १ लाख कमाउछ भने ९९ सय हजार भनेको उसको मार्जिनल बेनिफिट हो । त्यसकारण उत्पादनशिल ब्यक्ति उसले जहाँबाट बढी आर्थिक फाइदा लिनसक्छ उसलाई त्यहाँ जानदिनुपर्छ । यसको राम्रो उदाहरण भनेको भारतनै हो । भारतमा बैदेशिक रोजगारीको लागि जहाँ, जतिबेला पनि भिसा पाइन्छ । त्यसकारण अहिले उसको इकोनोमि एफ डि आइ मा ६९ प्रतिसत् योगदान वैदेशिक रोजगारीमा जानेहरुको छ । नेपाल र भारतको समस्या भनेको एउटै हो । पेट्रोलियम प्रडक्ट पाँच खर्ब जति खर्च गरेर ल्याउँछौ । त्यसपछि सुन, स्टिल हुन्छ । भारतको विदेशमा जाने पैसा भनेकै पेट्रोलियम प्रडक्टको रहेछ । अब अहिले विद्युतीय सवारी भनेर आएको छ । त्यसले पनि केही न केही रिप्लेस गर्ला । त्यसबोहेक अहिले वैदेशिक रोजगारमा जानेको लागि नेपाल सरकारले एउटा के सुविधा ल्याएको छ भने जस जसको खाता छैन त्यसको सय रुपैयाँमा ‘सुखी नेपाली सम्बृद्ध नेपाल’ भनेर खाता सञ्चालनमा ल्याएको छ । त्यसमा हामीले पनि समृद्धि बचत खाता भनेर सनराइज बैंकको प्रडक्ट ल्याएका छौ ।

सबैभन्दा पहिले मेन पावर कम्पनीले वैदेशिक रोजगारीमा जाने ब्यक्तिलाई उसले कमाएको पैसा बचतको रुपमा राख्ने कि पुँजी बनाउने त्यो बुुझाउनुपर्यो । पैसा बैंकमा राखेर ब्याज खाने भए बचत अन्य कमाउने ठाउँमा लगाउने जस्तो सानो घडेरी किन्ने हो भने त्यो अर्को बर्ष डबल हुने भयो । यी दुुईको फरक त्यक्ति हो । त्यसकारण पुँजीलाई बचतमा रुपान्तरण कसरी गर्ने । हामीले विदेशमा बसेको उसले कर्जा पनि पाउछ । उ आफै उपस्थित हुनुपनि पर्दैन ।

वैदेशिक रोजगारीमा जानेहरुको यदी कसैको बैंकमा खाता छैन भनेर उनीहरुले प्रमाणित गरेर दिए भने हामी त्यसमा एक सय रुपैयाँ पनि राखिदिन्छौ । त्यो गर्दा खाता खोल्दा लाग्ने पैसा पनि लागेन बाहिर जाँदा इन्टरनेट बैंकिंग, मोवाइल बैंकिंग मार्फत त्यहीँबाट खातामा पैसा पनि पठाउन मिल्छ, झिक्ने राख्ने गर्न, ब्यालेन्स हेर्न पनि मिल्छ । नेपालभरी जो सुकैलाई आवश्यकता परोस् त्यहीँ मोवाइलबाटै गर्दा हुन्छ । पहिले मोवाइल सिम बेसमा चल्थ्यो । अहिले वेभ वेसमा चल्छ । संसारमा जहाँसुकै चलाए पनि भयो । त्यो भएपछि उसको अकाउण्ट आफ्नै कण्ट्रोलमा त हुन्छ न,ै पारदर्शि पनि हुन्छ । अहिले जति पनि वैदेशिक रोजगारीबाट निम्तिएका सामाजिक समस्याहरु छन् त्योे पैसाकै कारण उब्जिएको छ । त्यसलाई समाधन गर्न हामीले हरेक वैदेशिक रोजगार ब्यवसायिलाई हामी निशुल्क रुपमा सहयोग गर्छौ भनेका छौ । हामीले तालिम गराउने, एप चलाउन सिकाउने लगायतका काम पनि गरेका छौ । त्यसकारण सबैभन्दा पहिले मेन पावर कम्पनीले वैदेशिक रोजगारीमा जाने ब्यक्तिलाई उसले कमाएको पैसा बचतको रुपमा राख्ने कि पुँजी बनाउने त्यो बुुझाउनुपर्यो । पैसा बैंकमा राखेर ब्याज खाने भए बचत अन्य कमाउने ठाउँमा लगाउने जस्तो सानो घडेरी किन्ने हो भने त्यो अर्को बर्ष डबल हुने भयो । यी दुुईको फरक त्यक्ति हो । त्यसकारण पुँजीलाई बचतमा रुपान्तरण कसरी गर्ने । हामीले विदेशमा बसेको उसले कर्जा पनि पाउछ । उ आफै उपस्थित हुनुपनि पर्दैन । उसको श्रीमती अथवा बुवा आमा जो भए पनि उसको आम्दानीको आधारमा हामी कर्जा दिन्छौ । अहिले कतिपय हामीले सुनेका छौ वैदेशिक रोजगारीमा गएकाको हातमा पैसा पनि नहुने श्रीमती पनि नहुने अवस्था छ । यस किसिमका बैंकिंग शिक्षा दिएर हामीले पठाएको भए यस्तो समस्या आउने थिएन । संसारमा यति राम्रा राम्रा बैंकिंग प्रविधिहरु आइरहेका छन् तर हामीले प्रयोग नै गरेका छैनौ । ज्ञान लिने मान्छेलाइृ कहाँबाट ज्ञान लिने थाहा नै छैन । त्यसकारण जुनसुकै बैंकमा खाता भएपनि एकपटक अवस्य बुुझेर जानुहोस् । यस किसिमका शिक्षाप्रद कार्यक्रमहरु हामीले वैदेशिक रोजगारीमा जानेलाई गरिरहेका छौ । नेपालमा वैदेशिक रोजगारमा जानेको संख्या कसैले केही गरेर पनि घट्नेवाला छैन । मलेसिया रोजगारीमा जाने रोकिएको छ । यो अर्थतन्त्रको लागि लाभदायक पक्कै होइन । अस्तिको मौद्रिक नीति हेर्नुभयो भने पहिले १४ महिना आयात धान्न सक्ने विदेशी मुद्रा सञ्जित हुन्थ्यो । अहिले लक्ष्यनै सात महिना छ ।

नेपालका जति पनि बैंकहरुमा हेर्ने हो भने करीब जिडिपि को ३० प्रतिसत् भाग वैदेशिक रोजगारीबाट आउने आयातले धानेको छ । त्यसकारण हाम्रो जस्तो मुलुक ग्लोबल मोविलिटीमा जानुपर्छ । बरु दक्ष जनशक्ति बनाउ । अर्थतन्त्रको विकासवादी सिद्धान्त अनुसार मानिस मुुभ गर्नुपर्छ ।

हाम्रो विदेशी मुद्रा आयातको श्रोत नै एउटा पर्यटन र अर्को निर्यात हो । सय रुपैयाँको आयात गर्दा हाम्रो अहिले निर्यात चार रुपैयाँको छ । जम्मा ७७ अर्बको निर्यात छ । वैदेशिक रोजगारीमा जानेले विदेशी मुद्रा पठाएनन् भने हामीसंग भोलि भारतबाट तेल आयात गर्ने मुुद्रा पनि हुदैन । हामी नियोर्कबाट डलर खर्च गरेर आई सि किन्छौ । त्यसपछि बल्ल भारतमा भुक्तानी हुन्छ । यसले गर्दा यो ब्यवस्था बिग्रने वाला छ । नेपालका जति पनि बैंकहरुमा हेर्ने हो भने करीब जिडिपि को ३० प्रतिसत् भाग वैदेशिक रोजगारीबाट आउने आयातले धानेको छ । त्यसकारण हाम्रो जस्तो मुलुक ग्लोबल मोविलिटीमा जानुपर्छ । बरु दक्ष जनशक्ति बनाउ । अर्थतन्त्रको विकासवादी सिद्धान्त अनुसार मानिस मुुभ गर्नुपर्छ । म अहिले घरमै बसेको भए त्यहाँको सबैभन्दा ठूलो मान्छे मै हुन्थे । वरिपरि टन्न खेत ,एक दुुई ओटा गाई भैसी त्यहीँ रमाइन्थ्यो । जुम्लाको मान्छे काठमाडौँ आएपछि भयंकर मेहेनत गर्छ । न्युरोडमा बस्दा बस्दै त्यहीँ घरबेटीकै घर किनिदिन्छ । घरबेटी कम्फर्ट जोनमा हुन्छ । छतमा बस्छ टन्न खान्छ । तरकारी पसलमा पनि जाँदैन तर जुम्लाबाट आउनेलाई जिवन मरणको सवाल हुन्छ । त्यसकारण यो वैदेशिक रोजगारीले पनि समग्रमा हाम्रो अर्थतन्त्रलाई निकैनै टेवा पुुर्याउछ । उसले सिप सिकेर आउछ । अहिले मलेसिया,इजरायलबाट फर्केर नेपालमा खेतिपाती गर्ने थुप्रै छन् । यसले गर्दा पनि हामीले यो व्यसायमा बढी जोड दिएका हौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री