नैकापमा सन्राइज बैंकको ११६ औँ शाखा संचालनमा
समयपोष्ट
२०७६ साउन २२ गते १७:५१
सन्राइज बैंकले काठमाडौँको नैकापमा ११६ औँ शाखा संचालनमा ल्याएको छ ।
बुधबार चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र सन्राइज बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड तथा शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा कार्यालय र ए. टि. एम. को उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुकोको पनि उपस्थिति रहेको थियो ।
हालसम्म बैंकले ११६ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३४ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया