शुक्रबार, ७ वैशाख २०८१

अटोमोवाइल अनुत्पादनशिल क्षेत्र होईन

समयपोष्ट २०७४ भदौ १३ गते ८:११

अटो बजारको पछिल्लो अवस्था कस्तो छ ?

Advertisement

नेपालमा सन आठ नौ सालमा अटो बजार धिमा गतिमा अगाडी बढीरहेको थियो । २०१० पछि बिस देखि तिस प्रतिसतको ग्रोथ रेसियोमा आउँदै गरेको हो  । अटो बजार राम्रै ग्रोथ भैरहेको अवस्था थियो । गत आर्थिक बर्षको मौद्रिक नीतिको मध्यावधिक समिक्षामा अटो लोनमा ५० प्रतिसत् मात्र दिने भनेर क्याप लगाइयो । त्यसले गर्दा अटो बजार अस्त ब्यस्त नै बन्न पुग्यो । धेरै नै बिक्री घट्यो । एकदम आहातनै हुने स्थितीमा अटो मोवाईल पुग्यो ।

अर्थ व्यवस्थामा अटो मोबाईल क्षेत्रको योगदान कति छ ?

यो क्षेत्रले प्रत्यक्ष रुपमा झण्डै सय अर्बको राजश्व दिएको छ । ८० अर्बको राजश्व भन्सार मै उठेको देखिन्छ । सवारी दर्ता शुल्क,लाईसेन्स रिन्यु ,सडक मर्मत संभार शुल्क यि लगायतका शुल्क र आयकरहरु गरेर अर्को २० अर्ब उठेको देखिन्छ । त्यसले गर्दा पछिल्लो बर्षको तथ्यांक हेर्दा १ सय अर्बको योगदान भएको जस्तो देखिन्छ । यो बढ्ने क्रममा छ । त्यस्तै यसको अप्रत्यक्ष पार्ट पनि हेर्नुपर्छ । यहाँ सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात गरिन्छ । त्यसैगरी सबैभन्दा पहिलो आयात हुँने वस्तु भनेको पनि यही नै हो । दोस्रोमा अटोमोवाईल आउँछ । ६० प्रतिसत् पेट्रोलियमको खपत अटो मोवाईल सेक्टरले गर्छ । प्रत्यक्ष र अप्रत्यक्ष योगदान धेरै ठूलो  छ ।

anjan

१२ औँ संस्करणको नाडा अटो शो को आयोजना हुँदै छ । यसको मुख्य उद्येश्य के हो ?

यसको मुख्य उद्येश्य भनेको अटो मोबालको बजार विस्तार गराउँनु नै हो । साथै अटो मोबाइल सेक्टरका सम्पुर्ण प्लेयररुलाई एकै थलोमा ग्राहकहरुसंग अन्र्तक्रिया गराउँने प्लाटफर्म हो यो । यसमा ग्राहकहरुले नेपालभरी उपलब्ध हुँने सवारी साधनहरु एकै थलोमा प्राप्त गर्नसक्छन् । ग्राहकहरुले एउटै स्थानमा सबै गाडीहरुको प्राईस र प्रडक्ट दुबैको मुल्य तुलना गरेर खरीद गर्ने र त्यसको बारेमा जानकारी प्राप्त गर्ने अवसर पाउँछन् ।  ग्राहक र बिक्रेता दुबैलाई सहज हुँने प्लाटफर्म हो यो । नेपालमा र विश्व बजारमानै अटो मोबाइल सेक्टरको बिकास के छ भन्ने थाहा पाउँन शो ले मद्यत गर्छ ।

धेरै बिक्रेताहरुले यही अवसर पारेर स्किमहरु पनि ल्याएका हुन्छन् । त्यो स्किम कत्तिको प्रभावकारी हुन्छ ?

त्यसले एकदम प्रभाव पार्छ । दशैमा राम्रो लगाउँने,मिठो खाने,नयाँ वस्तु किन्ने भन्ने प्रचलन छ । दशै अगाडी हामी नाडा अटो शो राख्छौ साथै बिक्री प्रर्बद्धनात्मक कार्यक्रमहरु पनि ल्याउँछौ । जसले ग्राहकलाई आकर्षित गर्छ । नाडा अटो शो पश्चात यो तिन महिना भित्र हाम्रो अटो मोवाईल बिजनेशको बार्षिक हुँने बिजनेशको ४० प्रतिसत् बिक्री यसै समयमा हुन्छ । यसले निकै प्रभाव पार्छ ।

राष्ट्र बैंकले अटो क्षेत्रलाई अनुत्पादनशिल क्षेत्र भनेको छ । तपाईको भनाई के छ ?

जुन मध्यावधि समिक्षाबाट अटो लोनलाई क्याप लगाईयो । मिडियामा आउँदा अनुत्पादनशिल क्षेत्र भनेर रोकिएको कुरा आयो तर हामीले राष्ट्र बैंक र नेपाल सरकारसंग बुझ्दा उहाँहरुले अनुत्पादनशिल क्षेत्र भनेको होईन भन्नुभयो । नेपालमा तत्कालिन अवस्थाको लगानीयोग्य पुँजीको अभाव हुँदा यो क्षेत्रमा अलि बढी लगानी भयो कि भन्ने किसिममा उहाँहरुले क्याप लगाएको हो भनेर प्रष्ट पार्नुभएको थियो । यसलाई अनुत्पादनशिल क्षेत्र हामीहरुले कहिले भनेका छैनौ भन्ने दाबी उहाँहरुको छ । यो क्षेत्र अनुत्पादनशिल क्षेत्र होईन । यसले देश, समाज, वस्तु, ब्यक्ति तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउँछ । सम्पुर्ण ब्यक्ति समाज या भनौं त्यो वस्तुलाई प्रयोग गर्ने उत्पादनशिल हुँने प्रयोग गरिने अनुत्पादनशिल हुँने कहिले पनि हुँदैन । अटो क्षेत्रले सबैलाई चलायमान गरेर उत्पादकत्व बृद्धि गरेको छ ।

anajan 1

यासेम्बलिंङ उद्योगलाई केही सपोर्ट गर्ने भनेको थियो । तर, त्यसमा कोही पनि अगाडी बढेको देखिदैन, के समस्या आयो ?

यासेम्बलिंङ उद्योगको कुरा सरकारले तिन बर्ष अगाडी घोषणा गरेको हो । केही व्यवसायिहरुले प्लाण्ट पनि लगाए तर ब्याख्याको अभाव र नीतिगत अस्पष्टताले गर्दा समस्या भयो । हामी व्यवसायीको लागि वातावरण बन्नुपर्छ । वातावरणमा हामी अवसर खोज्छौ । त्यसको लागि नीतिगत स्पष्टता र नीतिगत निरन्तरता हुनुपर्छ । यहाँ नीतिगत स्पष्टता पनि भएन,नीतिगत निरन्तरता पनि भएन । लगानी गर्न कसरी हामी प्रोत्साहित हुन्छौ त ? यो एकदम गम्भिर प्रश्न हो । सरकारले हामी ब्यवसायिलाई उत्साहित गर्ने हो भने छोटो समयको लागि सरकारले राजश्वमा केही त्याग गर्नुपर्छ । दिर्घकालिन रुपमा यसको लागि सोच्नुपर्छ । किनभने यासेम्बलिंङ उद्योग उद्योेगको पनि मदर हो । यासेम्बलिंङ उद्योगले साना साना साईजका उद्योगहरु चलाउँछ । जसले गर्दा भोलि राष्ट्रमा ब्यापार विविधिकरण हुन्छ । औद्योगिकरणको नयाँ डाईमेन्सन आउँछ । रोजगारी बढ्छ । जसले गर्दा राजश्व बृद्धि हुन्छ । यसलाई यो कसिमा हेरिनुपर्छ । सिधा रुपमा उद्योगलाई छुट दियो दिएन होईन कि दश पन्ध्र बर्षको हिसाबले अल्पकालिन,मध्यकालिन,दिर्घकालिन हिसाबको प्लानमा यासेम्बलिंङ उद्योगलाई सरकारले नीतिगत रुपमा स्पष्ट गरेर अगाडी ल्यायो भने यासेम्बलिंङ उद्योग अगाडी बढ्नसक्छ नभए सक्दैन ।

 खुला सिमाको कारण चोरी पैठारी भएर नक्कली पार्टस धेरै आउछन भनिन्छ, त्यसलाई रोक्न केही पहल गर्नुभएको छैन ?

नाडा भनेको ब्यवसायीहरुको संस्था हो । नाडाले जेनुयिन पार्टसहरु प्रयोग गर्नुपर्छ भन्ने कुराहरुमा सधै सचेत गराएकै छ । भोलिका दिनमा पनि गर्छ तर जहाँ खुल्ला बोर्डरबाट चोरी पैठारी भएर किलोको भाउँमा कमसल खालका पार्टसहरु आउँछन् त्यो रोक्ने काम हाम्रो भन्दा पनि सरकारको हो ।१ हजार किलोमिटर बोर्डर पर्खाल लगाउँन सक्दैनौ ।  रोकेर पनि रोक्न नसकिने छिद्रताहरु थुप्रै छन् । त्यो छिद्रलाई रोक्न नसकिने हुँनाले जुन भन्सारका ५ देखि ३० प्रतिसत्सम्मका विभिन्न दरहरु छन् । त्यो दरहरु घटाईनु पर्छ । त्यो घटाएर न्युनतम बिन्दुमा ल्यायो भने चोरी पैठारी कम हुन्छ । अन्ततगोत्वा सरकारले पनि राजश्व पाउँछ । जुन बिकृती छ त्यो बिकृती पनि हट्छ । हामीले सरकारलाई बारम्बार माग गरिरहेका छौ तर सरकारले सुनिरहेको छैन ।यो कुरामा हाम्रो सधै सरकारसंग गुनासो र माग रहिरहेको छ ।

anjan 2

नेपालमा सर्वसाधारणको पहुँचमा निजी सवारीसाधन पुर्याउँन के गर्नुपर्ला ?

२१ औ शताब्धिमा आउँदा सवारी साधन भनेको नैसर्गिक अधिकार हो । सबैले स्वतन्त्र र स्वच्छन्द रुपमा आवत जावत् गर्न पाउँनुपर्छ । त्यसमा कुनै शंकै छैन । आज काठमाडौँमा भरपर्दो र उपयुक्त सार्वजनिक सवारी साधन नभएको हुँदा सबैले निजी सवारी साधन किन्नुपर्ने अवस्था छ । यो अवस्थालाई सरकारले मध्यनजर गर्दै सबैलाई सर्वसुलभ पहुँच हुँने किसिमको ब्यवस्था गर्दिनुपर्छ । यसको लागि विश्वमै नभएको सबैभन्दा बढी भन्सार महसुल दर घटाईदिनुपर्यो । यो बारम्बार हाम्रो जोडदार माग हो । कि सरकारले सार्वजनिक सवारी साधन भरपर्दो,उपयुक्त र सर्वसुलभ हिसाबमा उपलब्ध गराउँन सक्नुपर्यो अथवा सरकारले सवारी साधनको पहुँचलाई सर्वशुलभ र उचित बनाईदिनुपर्यो । त्यो गर्नुपर्छ भन्ने हाम्रो जोडदार माग हो ।

तपाई आधिकारिक बिक्रेता रहेको ह्युण्डाई गाडीको अवस्था कस्तो छ ?

ह्युण्डाईको एकदमै राम्रो छ भन्छौ हामी । अटो लोनमा जुन ५० प्रतिसत् क्याप लाग्यो त्यसले गर्दा अलिकति डिष्टर्ब भयो ।तर, हाम्रो मार्केट सेयर ३३ प्रतिसत्को छ । यसले राम्रै पर्फमेन्स गरिरहेको छ । हुन्डाइका गाडी सवै बर्गलाई हुने छन । मिड साईज, सेडान, एस यु भि र लक्जरी सवै उपलक्ध छन । हाम्रो इण्ट्री लेवलमा पनि छ माथिल्लो लेवलमा पनि छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री