शुक्रबार, १६ चैत २०८०

घट्यो युनिलिभरको नाफा ,बर्षभरीको नाफा ९६ करोड ५२ लाख रुपैयाँ

समयपोष्ट २०७४ भदौ १३ गते ६:०२

युनिलिभर नेपालको नाफामा अघिल्लो आर्थिक बर्षको तुलनामा कमी आएको छ ।

Advertisement

कम्पनीले गत आर्थिक बर्षमा ९६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको लेखा परीक्षण भइसकेको वित्तीय विवरण अनुसार यो नाफा अघिल्लो आर्थिक बर्षको भन्दा साढे १५ करोड कम हो ।

कम्पनीले बर्षभरीमा चार अर्ब ४४ करोड रुपैयाँ खुद उत्पादन बिक्री गरेको छ । कम्पनीले सामान उत्पादनमा दुई अर्ब २० करोड रुपैयाँ खर्च गरेको छ । कम्पनीले अघिल्लो वर्ष ३ अर्ब ९४ करोड रुपैयाँको उत्पादन बिक्री गरेको थियो । सामान उत्पादन बाहेक अन्य आम्दानीसमेत गर्दा कम्पनीको सञ्चालन आम्दानी पाँच अर्ब पुगेको छ । 

अघिल्लो बर्ष २७ करोड विज्ञापनमा खर्च गरेको कम्पनीले गतबर्ष विज्ञापनमा ४१ करोड रुपैयाँ खर्च गरेको छ । गएको बर्ष मात्र कम्पनले विज्ञापनमा मात्र १४ करोड बढी खर्च गरेको छ । अन्य वित्तीय खर्चका कारण कम्पनीको नाफा घटेको हो। कम्पनीको सेयर पूँजी नौं करोड २१ लाख रुपैयाँ छ। रिजर्भसमेत गर्दा कम्पनीको कुल इक्विटी दुई अर्ब बढि छ।

कम्पनीको प्रति सेयर आम्दानी ३३१ रुपैयाँ, प्रति सेयर नेटवर्थ २१ सय ५३ रुपैयाँ छ । अघिल्लो वर्ष युनिलिभरको प्रतिसेयर आम्दानी ४ सय ८२ रुपैयाँ थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री