शुक्रबार, १४ वैशाख २०८१

देव: विकास बैंकले १७ प्रतिशत बोनस सेयर दिने

समयपोष्ट २०७४ भदौ १२ गते ८:४१

देव: विकास बैंकले १७.१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १७.१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

Advertisement

भदौ ११ गते आईतबार बसेको बैंकको सञ्चालक समिति बैठकले १७.१ प्रतिशत बोनसका साथै बोनसमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ९ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकद्धारा प्रस्तावित बोनस राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

देव:को हाल चुक्ता पूँजी एक अर्ब ४४ करोड ४९ लाख ८४ हजार रुपैयाँ रहेको छ । बैंकले १७.१ प्रतिशत बराबरको २४ करोड ७० लाख ९२ हजार रुपैयाँ बोनस वितरण प्रस्ताव गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री