शुक्रबार, १६ चैत २०८०

सुजुकीको बेष्ट सेलर मोडल डिजायरको बिक्री सुरु

समयपोष्ट २०७४ भदौ १२ गते ३:४९

सुजुकी कारको नेपालकालागि आधिकारिक विक्रेता सीजी मोटोकर्पले आफ्नो बेष्ट सेलर मोडल डिजायरको फेसलिफ्ट भर्जन सार्वजनिक गरेको छ ।
पछिल्लो संस्करणका तुलनामा नयाँ कारको चौडाइ ४० एमएम फराकिलो छ भने कारमा लामो ह्विल बेसको प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले कारको आन्तरिक भागलाई थप स्पेशियस र आरामदायी बनाएको कम्पनीको दावी छ ।
बुट स्पेश ३ सय ७८ लिटर बनाइएको छ । हियरटेक च्यासिस प्ल्याटफर्ममा आधारित भइ निर्माण गरिएकाले कारको वजन हल्का भएको जनाइएको छ । 

Advertisement

कारमा प्रिमियम सेडानमा झैँ किलेस एण्ट्रिज, डीआरएल, रियर भेण्ट सहितको स्वचालित एसी, डायमण्ट कट अलोइ लगायत अत्याधुनिक सुविधा उपलब्ध छन् । साथै, कारमा एण्ड्रोइड अटोमा आधारित स्टेट अफ आर्ट ईन्फोटेनमेण्ट प्रणाली (भारतियनिर्मित कारमै पहिलो) र ठूलो टच स्क्रिन प्रणाली मार्फत एप्पल कार प्लेको सुविधा उपलब्ध गरिएको कम्पनीले जनाएको छ । कारलाई पूर्ण परिक्षण गरी सफलता हात पारिसकेको के१४ ईञ्जिनले शक्तिप्रदान गर्छ । के१२ ईञ्जिनविशेष गरी शक्ति र २२ किलोमिटर प्रति लिटर माइलेज दिने ईञ्जिनका रुपमा परिचित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री