शुक्रबार, १४ वैशाख २०८१

इण्डोनेसियाकी राजकुमारी बनिन् हिन्दु !

समयपोष्ट २०७६ साउन ४ गते १९:४६

Advertisement

हिन्दु मन्दिरमा गएर प्रार्थना गर्दा शान्ति प्राप्त र आफु लामो समयदेखि हिन्दु धमावलम्वी हुन चाहेको बताउँदै इण्डोनेसियाको जाभाकी राजकुमारी कान्जेङ्ग रादेन आयु महिन्द्रानी कूवीदयान्थी परामासी सन् २०१७ देखि हिन्दु धर्मावलम्बी भएकी छन् ।

इण्डोनेसियाका प्रतिष्ठित मानिसमा पर्ने उनी सन् १९६१मा इटालीको रोममा जन्मेकी हुन् । संगीतलाई माया गर्ने र पियानोमा लत भएकी यी राजकुमारी कम्पोजर पनि हुन् । उनी जाभाको सुधी वादानी नामको परम्परागत सांस्कृतिक विधिका बीच सन् २०१७को जुलाई १७ बाट हिन्दु भएकी हुन् ।

हिन्दू धर्ममा लाग्नका लागि यो शुरुवाती प्रक्रिया हो । हिन्दू धर्म इण्डोनेसियामा अल्पसंख्यक समूहले मान्दै आएको धर्म हो । सन् २०१०को जनगणना अनुसार इण्डोनेसियामा १।७ प्रतिशत मानिस हिन्दू रहेकोमा बालीमा भने ८३ प्रतिशत हिन्दु छन् ।

अहिले आएर यो धर्मप्रति आकर्षित हुने मानिसको संख्या बढ्दै गएको बताइएको छ । सुधी वादानी नामको साँस्कृतिक विधिबाट राजकुमारीलाई हिन्दू पूजारी इदा सारी गलेह विकु श्री भगवान पुत्र नाथ नव वंश पेमायुनले हिन्दु बनाएका हुन् । पूजारीले राजकुमारीलाई शुद्धीकरण विधि अपनाएर हिन्दु बनाएका हुन् । त्यतिबेला नारायण मन्त्र वाचन गरिनुका साथै गायत्री मन्त्रपनि उच्चारण गरिएको थियो ।

राजकुमारीले बालीमा हिन्दु आश्रम बनाउने पनि घोषणा गरेकी छन् । इण्डोनेसियामा हिन्दू लगायत ६ धर्मलाई आधिकारिक मान्यता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री