आइतबार, २३ वैशाख २०८१

नायिका केकी भन्छिन् : मेरो शरीरको तल्लो भाग मोटो छ

समयपोष्ट २०७६ साउन ३ गते १८:५६

Advertisement

छरितो ज्यानका लागि जिम

थोरै मात्र हेलचेक्य्राइँ गर्‍यो भने त्यसको असर देखिहाल्ने खालको जीउ छ, मेरो। त्यसमाथि मेरो शरीरको तल्लो भाग तुलनात्मक रूपमा अलि मोटो छ। यिनै कुरालाई सन्तुलनमा ल्याउन जिम जाने गरेकी छु। सुटिङमा हाम्रो फिजिकल मुभमेन्ट धेरै हुन्छ। गीत, फाइट कति कुरामा शरीर छरितो बनाउनुपर्ने हुन्छ। शरीर फिट र फ्लेक्जिबल बनाउन पनि जिम जाने गरेकी छु।

जुम्बा र योग आलोपालो

Advertisement

जिम जान थालेको छ वर्षजति भयो। काठमाडौँ, महाराजगञ्जको ‘निरामय फिटनेस सेन्टर’मा सुरुदेखि अहिलेसम्म नियमित जाने गरेकी छु। त्यहाँ जिम मात्र होइन, जुम्बा र योग पनि गर्न पाइन्छ। मैले योग र जुम्बा आलोपालो गरी गर्ने गरेकी छु। हप्ताको तीन दिन जुम्बा गरेँ भने बाँकी तीन दिन योग गर्छु।

सुटिङ छैन र बिहान अरू काम छैन भने जिममा कम्तीमा दुई घण्टा बिताउँछु। जिम गइसकेपछि कार्डियो गरेसँग मेरो जिम सुरु हुन्छ। २० मिनेटदेखि आधा घण्टासम्म कार्डियो गर्छु। त्यसपछि १५–२० मिनेट वेट लिफ्टिङ गर्छु।

केही बेर आराम गरेर जुम्बा वा योग जे गर्ने हो, त्यो गर्छु। जुम्बामा त बजेको गीतमा झ्याम–झ्याम नाचिन्छ। तर, योग गर्दा चाहिँ अनुलोम–विलोम र कपालभाँती गर्छु। सुटिङ परेको छ भने यही अभ्यास आधा घण्टामा सकाउँछु। तर, जिम जान चाहिँ छुटाउँदिनँ।सम्पूर्णबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री