आइतबार, २३ वैशाख २०८१

बलिउडका यी बाल कलाकारको सडक दुर्घटनामा निधन

समयपोष्ट २०७६ साउन ३ गते १३:१०

Advertisement

टेलिभिजनका चर्चित बाल कलाकार शिवलेख सिंह उर्फ अनु सिंहको मृत्यु भएको छ ।

भारतको राजधानी नजिकै धरसिवा गाउँमा भएको सडक दुर्घटनामा चौध बर्षिय सिंहको मृत्यु भएको हो ।

भारतीय मिडियाका अनुसार शिवलेख आफ्नो परिवारसँग कारमा यात्रा गरिरहेका थिए । बिहीबार दिउँसो ३ बजे उनी चढेको कार ट्रकसँग ठोक्कियो । शिवलेखका बुवा शवेन्द्र सिंह र आमा लेखना सिंह गम्भीर अवस्थामा अस्पतालमा भर्ना छन् ।

दुर्घटनापछि ड्राइभर ट्रक छोडेर भाग्न सफल भएका छन् ।

Advertisement

शिवलेखले टिभी सिरियल ससुराल सिमरकासहित विभिन्न टेलिश्रृङ्खलामा महत्वपूर्ण भूमिका निभाएर आफ्नो पहिचान बनाएका थिए । उनले जी टिभीको इन्डियाज बेस्ट ड्रामेबाज, सोनी टिभी संकटमोचन हनुमान, कलर्स टिभीको ससुराल सिमरका, सब टिभीका खेलाडी, बालवीर, श्रीमान जी श्रीमती जी, बिग म्याजिक को अकबर–बिरबलमा अभिनय गरिसकेका छन् । उनी रेमो डिसुजाको फिल्ममा पनि काम गरिरहेका थिए । यसको ९० प्रतिशत सुटिङ भइसकेको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री