आइतबार, ६ जेठ २०८१

विद्यार्थीले आफ्नो उद्देश्यअनुसार निर्णय गर्नुपर्छ

समयपोष्ट २०७६ साउन १ गते ११:४८

Advertisement

यतिबेला एसईई दिएका विद्यार्थीहरू कुन विषय र कलेज रोज्ने भनेर पक्कै पनि अन्योलमा हुन सक्छन्, यो स्वाभाविक पनि हो । विशेषगरी उच्च शिक्षा ११, १२ पढ्नका लागि विद्यार्थी पहिले पढेकै स्कुलमा पनि ११, १२ सुरु भएको हुन सक्छ । त्यस्तै राम्रो पूर्वाधार र वातावरण भएका अन्य स्कुल सहर अथवा ग्रामीण क्षेत्रमा पनि हुन सक्छन् । यस्तो बेलामा विद्यार्थीहरूलाई कहाँ जाने भन्ने अन्योल हुनु स्वाभाविक नै हो ।

यसमा विद्यार्थीहरूले आफ्नो उद्देश्यअनुसार निर्णय गर्नुपर्छ । प्राविधिक शिक्षा जुन अहिलेको माग पनि हो, विद्यार्थीहरू त्यता जान चाहन्छन् भने अवश्य पनि विज्ञान विषय पढ्नुपर्र्छ । कुनै किसिमको व्यवसाय सञ्चालन गर्ने अथवा आफैं उद्यमी बन्ने हो भने व्यवस्थापन पढ्नुपर्छ । होइन समाजसेवातिर लाग्छु भन्ने हो भने मानविकी सङ्काय रोज्नुपर्छ । घाँटी हेरेर हाड निल्नुपर्छ भनेझैँ आफ्नो हैसियत हेरेर अभिभावकको आर्थिक अवस्था कस्तो छ त्योअनुसार वातावरण रोज्नुपर्छ । गाउँमा अध्ययन गरेका विद्यार्थीको आर्थिक अवस्था सहरमा आएर पढ्न सक्ने छ भने सहरमा पढ्दा भयो होइन भने गाउँमै पढ्नु उचित हुन्छ । सहरमा कलेज छनोट गर्दा त्यहाँको शुल्क र वातावरण हेरेर निर्णय गर्नुपर्छ ।

शैक्षिक नीति र दक्ष जनशक्ति उत्पादन

सरकार परिवर्तनसँगै शैक्षिक नीति परिवर्तन हुँदा त्यसले स्थायित्व पाउँदैन र अन्योल रहिरहन्छ, जुन अहिले भइरहेको छ ।

Advertisement

नेपालमा राजनीतिक परिवर्तसँगै पक्कै पनि शैक्षिक नीति परिवर्तन हुन्छ र हुनुपर्छ तर अहिलेको शैक्षिक नीति स्थायी रूपमा अगाडि बढ्न सकेको छैन । त्यसले निश्चित पाइसकेको अवस्था पनि छैन । सरकारी र निजी स्तरमा सञ्चालित शैक्षिक संस्थाहरू छन् । सरकारको स्पष्ट नीति आइसकेको छैन । कतिपय स्थानमा शिक्षा पूर्ण निःशुल्क गर्नुपर्छ भन्ने पनि छ । त्यो कत्तिको सान्दर्भिक हुन्छ र कस्तो रिजल्ट आउँछ भन्ने पनि छ । सरकारी शैक्षिक संस्थामा त्यहीँ वातावरण सिर्जना गर्दा कस्तो रिजल्ट आयो । निजी क्षेत्रले सञ्चालन गरेको शिक्षालयबाट कस्तो रिजल्ट आयो, त्यसको मूल्यांकन गरेर सरकारले स्पष्ट नीति लागू गर्नुपर्छ र त्यसलाई स्थायित्व दिनुपर्छ । सरकार परिवर्तनसँगै शैक्षिक नीति परिवर्तन हुँदा त्यसले स्थायित्व पाउँदैन र अन्योल रहिरहन्छ, जुन अहिले भइरहेको छ । नीतिभन्दा पनि त्यसको व्यावहारिक पक्ष अहिले कमजोर भइरहेको छ । शैक्षिक नीति प्रायःजसो सबै राम्रा छन् तर व्यवहारमा उर्तान नसक्दा कता–कता उद्देश्य प्राप्त गर्न नसकेको जस्तो र राष्ट्रले जुन किसिमको शैक्षिक जनशक्ति प्राप्त गर्नुपर्ने हो त्यो प्राप्त गर्न नसकेको जस्तो महसुस भइरहेको देख्न सकिन्छ ।

एनआईसी कलेजका बिशेषता

नेसनल इन्टिग्रेटेड कलेज (एनआईसी) १९औँ वर्षमा प्रवेश गर्दै छ । यो अठार वर्षको अवधिमा हामीले एक्सपिरियन्सड डाइनामिक फ्याकल्टीहरू दिइरहेका छौँ । सबै तह र तप्पकाका विद्यार्थीले ग्रहण गर्न सक्ने शुल्क यहाँ छ । व्यक्तिगत हेरचाह, परामर्शदेखि कसरी विद्यार्थीहरूको भविष्यलाई करिअर, गोल र रिजल्ट ओरिन्टेड बनाउन सकिन्छ भनेर दत्तचित्त भएर लागिरहेका छौँ । यहाँ पास आउट भएका विद्यार्थी डाक्टर, इन्जिनियर, कुशल व्यवस्थापक, पत्रकार भएर आ–आफ्नो क्षेत्रमा लागिसकेका छन् । नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि यस किसिमको लिङ्केज विकास गर्न हामी सफल भएका छौँ ।

एनआईसीले अनुशासित, लगनशील र परिश्रमी विद्यार्थीलाई सिर्जनात्मक क्षेत्रमा लाग्न उत्प्रेरित गरेको छ ।

अनुशासित पारिवारिक वातावरणमा स्तरीय शिक्षा दिने अनुभवी एवं दक्ष प्राध्यापकहरू रहेको यस कलेजमा व्यवस्थित विज्ञान, कम्प्युटर तथा होटल म्यानेजमेन्ट प्रयोगशाला, खेलकुद कार्यक्रम र राम्रो यातायात सुविधा छ । यसैगरी सम्पन्न पुस्तकालय, सुविधासम्पन्न कक्षाकोठा र शान्त वातावरण भएको छात्राबास पनि एनआईसीको विेशेषता हो ।
आमविद्यार्थीलाई सर्वसुलभ रूपमा स्तरीय शिक्षा प्राप्त होस् भनेर न्यूनतम शुल्कमा नियमित कक्षा सञ्चालन गर्दै निर्धारित समयअगावै पठनपाठन सुसम्पन्न गर्न सफल एनआईसीले अनुशासित, लगनशील र परिश्रमी विद्यार्थीलाई सिर्जनात्मक क्षेत्रमा लाग्न उत्प्रेरित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री