शुक्रबार, १४ वैशाख २०८१

अब हरेक विषयलाई आईटीसँग जोड्नुपर्छ

समयपोष्ट २०७६ असार ३१ गते १०:५२

Advertisement

विषय छनोट
हाम्रो समाजमा पहिले फस्ट डिभिजन आयो भने साइन्स पढ्ने भन्ने थियो । पहिले एक लाखमा दुई हजारको फस्ट डिभिजन आउँथ्यो, अहिले एक लाखमा बीस हजारको आउँछ तर दिमागमा फस्ट डिभिजन आएपछि साइन्स नै पढ्छु अथवा डाक्टर नै बन्छु भन्ने सेट भएको छ । अहिले एक सयमा ९० विद्यार्थीको ए पल्स छ । हाम्रै स्कुलमा पनि धेरैको ए पल्स छ । अहिले मार्किङ सिस्टमका कारणले रिजल्ट धेरै सुधार भएको छ तर रिजल्ट राम्रो आउँदैमा त्यो विद्यार्थी सक्षम छ भन्न मिल्दैन । कमर्सबाट गयो भने कमर्सबाहेक उसको अर्को विकल्प नै हुँदैन तर साइन्सबाट गयो भने सय विकल्प हुन्छन् ।

हरेक अभिभावकले आफ्ना छोराछोरी डाक्टर इन्जिनियर नै बनुन् भन्ने चाहन्छन् । विद्यार्थीहरूको क्षमता बेग्लै हुन्छ । उनीहरूको रुचिको विषयमा छाडिदिनुपर्छ भनेर जति नै भाषण ठोके पनि आफ्नो छोराछोरीको बारेमा आउँदा अभिभावकले आफ्नो बच्चा डाक्टर नै बनोस् भन्ने चाहन्छन् । भाषण गर्दा डाक्टर अथवा इन्जिनियर नै बन्नुपर्छ भन्ने छैन भनिए पनि आफ्नो कुरा आएपछि त्यो फरक हुन्छ । मेरै एक जना चिनजानको व्यापारीको छोराले मुम्बई गएर फिल्म इण्डस्ट्रिसम्बन्धी पढिरहेको छ । जबकी उसको परिवारका सबै सदस्य व्यापारमा छन् तर उसको परिवारले मान्नेसम्मको वातावरण अहिले बनेको छ । पहिले लभ म्यारिज कसैले मान्दैन्थे, अहिले केटा अथवा केटी राम्रो छ भने ठीकै छ भन्नेसम्म भएको छ । त्यसैले विषय छनोटमा पनि क्रमशः अभिभावकले विद्यार्थीलाई स्वतन्त्रता दिन थालेका छन् ।

हरेक क्षेत्रमा आईटी अनिवार्य

अहिलेको समयमा एमबीबीएस, एमडी गर्दा पन्ध्र वर्ष जान्छ । पन्ध्र वर्षपछि डाक्टर बनेर आउँदा पनि आफूलाई स्थापित गराउन धेरै गाह्रो छ । आओएममा एमबीबीएस गरेको १३ सय विद्यार्थी फेल भए भन्ने छ । बंगलादेश, चीन गएर डाक्टर पढ्यो र डिग्री लियो । अरू विषयको डिग्री भएको भए उसले जे पनि गथ्र्यो तर डाक्टरीको तकमा लागेपछि उसले सेल्स, मार्केट, बैंकको जागिर केही पनि गर्न नसक्ने भयो । धेरै विद्यार्थी डाक्टर बन्ने भनेको सुन्छु तर यदि साँच्चै सक्षम छ भने मात्र डाक्टर पढ्न गएको उचित हो । डाक्टर पढ्न भर्ना भएका विद्यार्थी पहिलो वर्षमै फेल भएका पनि छन् । यसको मुख्य कारण बेस राम्रो नभएर नै हो । बुवाआमाको इच्छा डाक्टर बनाउने त पूरा होला तर उसमा डिप्रेसन कति हुन्छ ?

 

अब त अस्पतालमा पनि रोबोटिक मेसिनहरू आइसके । त्यसकारण रोबोट चलाउन जानेन भने डाक्टर पनि चल्दैन ।

अहिलेको समयमा आईटीको सेक्टर अरू भन्दा राम्रो छ । अब धेरै जबहरू आईटीले लिइदिनेवाला छ । सबै चिज अटोमेटिक भएपछि त्यो चिज काम नै छैन । एयरपोर्टमा गयो भने टिकट बेच्ने मान्छे नै चाहिँदैन, बोर्डिङ पास इस्यु गर्ने नै चाहिँदैन । आफैँ सेल्फ चेक इन गरेर जान पाउँछ । त्यस्ता जबहरू अब खस्किन लागेका छन् । त्यसकारण आईटीको सेक्टरमा आईटीसँगै म्यानेजमेन्ट, इन्जिनियरिङसँगै म्यानेजमेन्टमा गयो भने भविष्य राम्रो हुन्छ । कम्प्युटरको भाषा, कोडिङ, एप्स, एप्लिकेसनहरू बनाउन जानेन भने कुनै पनि सेक्टरमा जान गाह्रो हुन्छ । अब त अस्पतालमा पनि रोबोटिक मेसिनहरू आइसके । त्यसकारण रोबोट चलाउन जानेन भने डाक्टर पनि चल्दैन । त्यसैले कुनै पनि विषय साइन्स, कमर्स पढ्दा आईटीलाई साथमा लिएर जाँदा भोलि जागिर पाउन सजिलो हुन्छ । त्यसैले बीबीए गरे पनि विद्यार्थीले आईटी पनि नछोडौँ । अहिलेको समयमा जागिरहरू सबै आईटीबाट नै प्रभावित छन् ।

परिवर्तन चाहन्छन् विद्यार्थी

अहिले प्रायः सबै स्कुल ‘पल्स टुस’सहितको संरचनामा गएपछि कुनै विद्यालयमा कक्षा ११ मा विद्यार्थी घटेका होलान् तर हाम्रो विद्यालयमा त्यस्तो छैन । हुन त हाम्रै विद्यार्थीहरू पनि हामीसँग बस्दैनन् । दुई सय विद्यार्थीले हाम्रोबाट एसईई पास गरे भने तीस जना मात्र हाम्रोमा आउँछन् । जस्तो लिटिल एञ्जलको हाम्रोमा आउँछ, हाम्रो लिटिल एञ्जलमा जान्छन् । दश वर्ष पढेपछि विद्यार्थीहरूले चेन्ज खोज्छन् ।

हामीकहाँ आउने ९० प्रतिशत बिद्यार्थी यहीँका पूर्वविद्यार्थीहरूले लिएर आउँछन् । अहिलेको अवस्थामा मेरो स्कुल राम्रो भनेर टिभीमा, अखबारमा विज्ञापन गरेर मात्र हुँदैन । अहिले हरेक कुरा ‘माउथ टु माउथ’ पब्लिसिटीबाट नै चल्ने हो ।

एमबीबीएस, इन्जिनियरिङ भनेको प्रोफेसनल हो । पल्स टु भनेको सेमी प्रोफेसनल हो । त्यसकारण विद्यार्थीको बेस राम्रो हुनुपर्छ । विद्यार्थीहरू सबै आइरहेका छन् भन्न मिल्दैन । फेरि दश, एघार, बाह्र भएपछि विद्यार्थी आउँदैनन् भन्ने थियो, त्यस्तो पनि छैन । विद्यार्थी आइरहेका छन् । ग्रेडिङ सिस्टम भयो । एघार र बाह्र भएपछि एसईईको रिजल्ट पनि ८० प्रतिशत भइरहेको छ । पहिले ४० प्रतिशत मात्र थियो । त्यसले डीएभीजस्तो स्कुलहरूलाई खासै असर गरेको छैन ।

हामीकहाँ आउने ९० प्रतिशत बिद्यार्थी यहीँका पूर्वविद्यार्थीहरूले लिएर आउँछन् । अहिलेको अवस्थामा मेरो स्कुल राम्रो भनेर टिभीमा, अखबारमा विज्ञापन गरेर मात्र हुँदैन । अहिले हरेक कुरा ‘माउथ टु माउथ’ पब्लिसिटीबाट नै चल्ने हो । मेरो चिज राम्रो भन्नु त पर्छ तर अब त्यो जमाना गइसक्यो । (अन्तर्वार्तामा आधारित) 

प्रतिक्रिया

सम्बन्धित सामाग्री