बुधबार, ६ कार्तिक २०७६

कुुशल कूटनीतिज्ञ जयशंकर र नेपाल भारत सम्बन्ध

समयपोष्ट २०७६ असार २७ गते ९:२६

सुरेशकुमार यादव

भारतमा क्राइसिस म्यानेजरका रूपमा चिनिएका एस. जयशंकर अर्थात् सुब्रमण्डम जयशंकर विदेशमन्त्री भएपछि अहिले विश्वमै चर्चाको विषय बनेको छ । दोस्रोपटक नरेन्द्र मोदी प्रधानमन्त्री बन्दा जति चर्चा भयो त्यति नै चर्चा एस. जयशंकरको पनि भयो । त्यो हुनु स्वाभाविक पनि थियो किनभने उनी विश्वकै शक्तिशाली देश अमेरिका, चीन र रुसका जानकार मानिन्छ । प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा पर्दापछाडि रहेर विदेशसँग सम्बन्ध बनाउन उनले जे भूमिका खेलेका छन्, त्यसले मोदीको मात्र होइन भारतको समेत मन जितेको छ ।

 

प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा पर्दापछाडि रहेर विदेशसँग सम्बन्ध बनाउन उनले जे भूमिका खेलेका छन्, त्यसले मोदीको मात्र होइन भारतको समेत मन जितेको छ ।

डोकलम समस्या समाधान गर्नमा मुख्य भूमिका खेलेका एस. जयशंकरले अमेरिकासँग पनि सम्बन्ध स्थापित गर्नमा मुख्य भूमिका खेलेका छन् । अमेरिकामा फस्ट सेक्रेटरी भएर काम गरेका उनी भारतमा अमेरिकाबारे जानकारमध्येका एक मानिन्छन् । जयशंकरले भारत–अमेरिका गैरसैनिक परमाणु सम्झौताको छलफलमा पनि महत्वपूर्ण भूमिका निभाएका थिए । उनलाई सरकारी पेसामार्फत देशलाई पु¥याएको योगदानका लागि यो वर्ष पद्मश्री पुरस्कारबाट सम्मानित पनि गरिएको थियो । मोदीले विश्वास गरिएका जयशंकर वर्तमान भारतीय सरकारमा एक मात्र गैरराजनीतिक अनुहार मन्त्री भएका हुन् । भारतस्थित विदेश मन्त्रालयमा लामो समयसम्म अमेरिका नै हेरेर बसेका उनी चीनका लागि भारतीय राजदूत भइसकेका व्यक्ति हुन् । पछिल्लो समय चीन र भारतको सम्बन्धमा सुधार हुनुमा एस. जयशंकारकै हात रहेको पनि चर्चा हुने गरेको छ । भारतका एक सफल कूटनीतिज्ञका रूपमा स्थापित भइसकेका एस. जयशंकर नरेन्द्र मोदीको रोजाइमा पर्नु नै सफलता हो । क्याबिनेट मन्त्रीमा छनोट भएबाट उनी मोदीको भरोसा र आवश्यकताको परीक्षामा पास भएको विश्लेषण पनि भइरहेको छ । एस. जयशंकरको जन्म नै एक कूटनीतिक परिवारमा भएको हो । उनको पिता के सुब्रमण्डम पनि कूटनीतिज्ञ थिए । उनको पिताको गन्ती भारतका प्रमुख रणनीतिक विश्लेषकमा हुने गर्छ ।

मोदीको रोजाइमा कसरी ?

प्रधानमन्त्री मोदी गुजरातको मुख्यमन्त्रीका रूपमा सन् २०१२ मा चीन भ्रमण गएका बेला त्यहाँ एस. जयशंकरसँग भेट भएको थियो । पहिलो भेटमा नै जयशंकरले मोदीको मन जित्न सफल भएका थिए । त्यसपछि उनी दुई जनाको बीचमा नियमित सम्पर्क भइरहेको थियो र मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा कूटनीतिको क्षेत्रमा जयशंकर उनको प्रथम रोजाइमा परे । मोदीको पहिलो कार्यकालको सरकार गठन भएको आठ महिनाभित्रै मोदीले सन् २०१५ मा एस. जयशंकरलाई सचिवमा नियुक्त गरेका थिए । काँग्रेस (आई)ले नियुक्त गरेको तत्कालीन विदेश सचिव सुजाना सिंहलाई हटाएर जयशंकरलाई ल्याइएको थियो । दिल्लीको सेन्ट स्टेफन कजेलमा अध्ययन गरेका जयशंकरले राजनीतिक विज्ञानमा एमफिल गरेका छन् । त्यसपछि उनले जवाहारलाल नेहरु विश्वविद्यालय (जेएनयू)बाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरे । उनले परमाणु कूटनीतिमा विशेषज्ञता पनि हासिल गरेका छन् ।

चीनले आज विश्वमा आफ्नो सम्राज्य खडा गर्न चाहन्छ, भारतका लागि यो निकै ठूलो चुनौती हो । भारतलाई रुससँग पनि सम्बन्धलाई नयाँ आयाम दिनुछ किनभने अहिले भारत र रुसबीचको दूरी बढ्दै गइरहेको छ । यी सब काम गर्नका लागि मोदीले एस. जयशंकरलाई रोजेका हुन् ।

सन् १९७७ को ब्याचमा कूटनीति पेसामा छिरेका जयशंकरको पहिलो पोस्टिङ रुसको भारतीय दूतावासमा भएको थियो । उनी तत्कालीन राष्ट्रपति शंकर दयाल शर्माका प्रेस सचिव पनि रहिसकेका छन् । त्यसबाहेक उनी भारतको विदेश मन्त्रालयको कर्मचारीका रूपमा विभिन्न देशमा कार्यरत रहे । उनी अमेरिकामा भारतको प्रथम सचिव रहे । त्यस्तै श्रीलंकामा भारतीय सेनाको राजनीनिक सल्लाहकारका रूपमा पनि काम गरे । यसपछि उनले टोकियो र चेक रिपब्लिकमा भारतको राजदूतको पद सम्हाले । प्रधानमन्त्रीका रूपमा मोदीले जति पनि विदेश भ्रमण गरे, ती सबै भ्रमणमा जयशंकरको सहभागिता हुन्थ्यो । यदि कुनैमा जान सकिएन भने उनले भ्रमणको रणनीति बनाउनेदेखि लिएर प्रधानमन्त्री मोदीको सबै कार्ययोजना तयार गरेर पठाउँथे । जयशंकरले सन् २०१८ मा अवकासपछि भारतीय व्यापारिक घराना टाटा ग्रुपमा विश्व कर्पोरेट मामिलाको अध्यक्षका रूपमा पनि काम गरे । त्यतिबेला पनि उनले मोदीको रणनीतिककारका रूपमा काम गरी नै रहेका थिए ।

जयशंकर मोदीको रोजाइमा पर्नुका कारणमा वरिष्ठ पत्रकार नीरजा चौधरी भन्छिन्, आज अमेरिका र चीनसँगको सन्तुलनको सम्बन्ध भारतको सबैभन्दा महत्वपूर्ण विदेश नीति बनेको छ । त्यो सम्बन्ध जयशंकरले भन्दा अरूले कसैले बनाउन सक्दैन भने कुरा मोदीले राम्रोसँग बुझ्नुभएको छ । जयशंकर विदेशमन्त्रीका रूपमा छानिनु विदेश नीतिको हिसाबबाट एक महत्वपूर्ण कदम मानिन सक्छ ।

यस्तो होइन कि जयशंकर गैर राजनीतिज्ञ हुन्, उनलाई उनको क्षमताको आधारमा विदेशमन्त्री बनाइएको हो । अब उनलाई भारतीय जनता पार्टीमा सामेल हुनुपर्छ, संसद्मा पार्टीको ह्वीप पनि मान्नुपछर्, त्यो उनको बाध्यता हो तर मन्त्री बन्ने बेलामा उनीसँग यी सर्त राखिएको थिएन । भारतका वरिष्ठ विश्लेषक कञ्चन गुप्ता भन्छन्, ‘भारतको सामुने विदेश नीतिलाई लिएर विभिन्न चुनौती रहेको छ । यदि मोदी विम्स्टेक र पाकिस्तानबिनाको सार्कलाई बलियो बनाउन चाहन्छ भने त्यसका लागि विल्कुलै नयाँ सोचको आवश्यकता पर्छ र त्यसका लागि उपयुक्त पात्र जयशंकर नै हुन् ।

यदि मोदी विम्स्टेक र पाकिस्तानबिनाको सार्कलाई बलियो बनाउन चाहन्छ भने त्यसका लागि विल्कुलै नयाँ सोचको आवश्यकता पर्छ र त्यसका लागि उपयुक्त पात्र जयशंकर नै हुन् ।

भारतको ट्रेड बारमा अमेरिकासँग मिलेर चीनसँग बुद्धिमताका साथ डिल गर्नुपर्छ । चीनले आज विश्वमा आफ्नो सम्राज्य खडा गर्न चाहन्छ, भारतका लागि यो निकै ठूलो चुनौती हो । भारतलाई रुससँग पनि सम्बन्धलाई नयाँ आयाम दिनुछ किनभने अहिले भारत र रुसबीचको दूरी बढ्दै गइरहेको छ । यी सब काम गर्नका लागि मोदीले एस. जयशंकरलाई रोजेका हुन् । यी तीन देशसँग जयशंकर काम गरिसकेका छन् र आफ्नो कौशलता देखाइसक्नुभएको छ ।

भारतको प्राथमिकतामा पाकिस्तान छैन । भारतका लागि पाकिस्तान टाउको दुखाइको विषय पनि होइन । त्यसका लागि प्रधानमन्त्री मोदीले त्यति मिहिनेत पनि गर्नुपर्दैन । पाकिस्तानका लागि उनी आफैँ काफि छन् । यद्यपि, छिमेकी देशका लागि मध्यमस्तरको नीति बनाउन आवश्यक रहेको विश्लेषक गुप्ता बताउँछन् ।

सम्बन्ध सुधारको अवसर

त्यसमा नेपाल पनि पर्छ । जयशंकर भारतको विदेशमन्त्री भएपछि विभिन्न टीकाटिप्पणी सुरु भएका छन् । विभिन्न आशंकाको दृष्टिले हेरिएको छ । नेपालमाथि नाकाबन्दी लागेको बेला जयशंकर विदेश सचिव थिए र उनकै सल्लाहमा नरेन्द्र मोदीले नेपालमाथि नाकाबन्दी लगाएको नेपाली जनताको गुनासो रहेको छ । जयशंकर अहिले भारतको विदेशमन्त्री भएपछि नेपालसँग बिग्रेका सम्बन्ध सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ ।

नेपालमा २०७२ मा सविधान निर्माणको क्रममा उनी प्रधानमन्त्री मोदीको कूटनीतिक दूत भएर नेपाल आएका थिए । उनले सविधानलाई समावेशी बनाउन चारैतिर दबाब दिएका थिए । तत्कालीन अवस्थामा मधेसवादी दल आन्दोलनमा थियो । मधेसवादी दललगायत पिछडिएका समुदायको माग सविधानमा सम्बोधन हुनुपर्छ भन्दै केही दिनका लागि सविधान निर्माण कार्यलाई स्थगित गर्न शीर्ष तहका नेताहरूलाई उनले सुझाव दिएका थिए । उनको सुझावलाई मनन गर्दै दुई दिनका लागि संविधान निर्माण कार्यलाई स्थगित पनि गरिएको थियो तर त्यो बेला खासै कुनै सहमति हुन सकेका थिएन । उनी भारत फर्किनेबित्तिकै नेपालमाथि नाकाबन्दी लागेको थियो ।

उनले सविधानलाई समावेशी बनाउन चारैतिर दबाब दिएका थिए । तत्कालीन अवस्थामा मधेसवादी दल आन्दोलनमा थियो । मधेसवादी दललगायत पिछडिएका समुदायको माग सविधानमा सम्बोधन हुनुपर्छ भन्दै केही दिनका लागि सविधान निर्माण कार्यलाई स्थगित गर्न शीर्ष तहका नेताहरूलाई उनले सुझाव दिएका थिए ।

 

यद्यपि भारतले अहिलेसम्म त्यो नाकाबन्दी लगाएको कुरा स्वीकार गरेको छैन । त्यही नाकाबन्दीका कारण नेपाल र भारतबीच सम्बन्ध चिसिएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारतको गरेपनि सम्बन्धमा खासै सुधार भएको थिएन । यद्यपी मधेशवादी दलले आफ्नो आन्दोलन फिर्ता लिएका थिए र नाकाबन्दीको अन्त्य भएको थियो । नाकाबन्दी अन्त्य भएपछि नेपालमा केपी शर्मा ओलीलाई त्यतिबेला कूटनीतिक रूपमा सफल प्रधानमन्त्रीका रूपमा चित्रित गरेको थियो र त्यसको प्रभावका कारण पछिल्लो चुनावमा तत्कालीन एमाले र माओवादी केन्द्रको गठबन्धन सफल भएको विश्लेषण भएको थियो ।

भारतको रक्षा मन्त्रालय मातहतको रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आइडीएसए)मा अनुसन्धानरत डा. निहार नायक भन्छन्, भारतले त्यति बेलाको नीति अन्तर्गत नेपालमाथि के ग¥यो त्यो त्यति बेलाको कुरा हो, त्यति बेलाकै जस्तो अहिले पनि त्यस्तै गर्छ भन्ने होइन । भारतलाई नेपालको बारेमा त्यतिसम्म सोच्ने फुर्सद पनि छैन । भारतको प्राथमिकतामा अहिले चीन र पाकिस्तान रहेको उनको भनाई छ ।

उनले नेपालको एक दैनिक पत्रिकालाई अन्तरवार्ता दिँदै भनेका छन्, समग्र छिमेक प्याकेजमा नेपाल अवश्य पनि महत्वपूर्ण छ तर चीन र पाकिस्तान नै हाम्रा लागि महत्वपूर्ण हुन् । हाम्रो छिमेक नीतिमा यिनै हाबी हुँदै छन् । चीनसँग हाम्रो सम्बन्ध सुधारिएको छ । डोक्लाम विवाद साम्य भएको छ । चीनले हाम्रो सीमावर्ती ठाउँमा पूर्वाधार बढाएको छ । तिब्बत क्षेत्रमा उसका सैन्य पूर्वाधार थपिएका छन् । त्यहाँ हाम्रो चासो छँदै छ । चीन एक नम्बर प्राथमिकतामा छ । उत्तरपूर्वी प्याकेजमा नेपाल, भुटान र म्यानमार पनि छन् । अर्थात् चीनलाई हेर्ने परिप्रेक्ष्यबाटै नेपाल र भारतसँग सम्बन्ध सञ्चालन हुन्छ । समयबोध म्यागेजिनबाट

प्रतिक्रिया