बिहीबार, १३ वैशाख २०८१

महालक्ष्मी विकास बैंक र ह्याम्स अस्पतालबीच छुट सम्बन्धी सम्झौता

समयपोष्ट २०७६ असार २५ गते २०:३९

Advertisement

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको छ ।बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आर. एस. भण्डारीले सहमति पत्रमा हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार ले हयाम्स अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा १०% सम्मको छुट पाउनेछन् । यसका साथै वहाँहरुले ह्याम्स फार्मेसीमा औषधी खरिद गर्दा ५% सम्मको छुट मिल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री