शनिबार, १५ वैशाख २०८१

राष्ट्र बैंकको नयाँ भवन शिलान्यास, ६१ रोपनी क्षेत्रफलमा बन्ने भवनको लागत दुई अर्ब आठ करोड

समयपोष्ट २०७६ असार २३ गते १३:०९

Advertisement

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको आज एक समारोहबीच शिलान्यास भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको आज एक समारोहबीच शिलान्यास गरिन् ।

उक्त भवन विसं २०७२ को विनाशकारी भूकम्पबाट प्रभावित भएको थियो । कूल रु दुई अर्ब आठ करोडको लगानीमा साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण हुने सो भवन अत्याधुनिक हुने बैंकले जनाएको छ । आगामी दुई वर्षमा निर्माण सम्पन्न हुने सो भवन प्राधिकरणको केन्द्रीय कार्यान्वयन एकाइको बजेटबाट बन्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री