शनिबार, ८ वैशाख २०८१

एनसीसी बैंकले घोषणा गर्यो १६% लाभांश

समयपोष्ट २०७६ असार २२ गते ११:५८

Advertisement

एनसीसी बैंकले गत आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई १५.८९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको असार २२ गते ८:३० बजे सम्पन्न ७५२ औं बैठकले आर्थिक वर्ष २०७४/०७५ को लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएको मुनाफाबाट प्रस्ताव गरि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निणर्य गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भै आए पश्चात बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ। यसअनुसार बैंकले एक अर्ब ११ करोड ५२ लाख ५३ हजार ५२२ रुपैयाँ बोनस र कर प्रयोजनका लागि ५ करोड ८६ लाख ९७ हजार ५५४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री