शुक्रबार, १४ वैशाख २०८१

साहित्यमा पनि अब्बल छिन् पूर्णिका

समयपोष्ट २०७६ असार २२ गते ११:१२

 

Advertisement

पूर्वयुवराज्ञी हिमानी तथा पूर्वयुवराज पारस शाहकी पुत्री पूर्णिका साहित्यतर्फ निकै रुची राख्छिन् । यतिबेला थाइल्याण्डमा उच्च शिक्षा हासिल गर्दै गरेकी उनी सामाजिक सञ्जालमा सक्रिय छिन् । समय समयमा उनले पोष्ट गर्ने गरेका साहित्यिक सामाग्रीले उनको साहित्य प्रतिको रुची सजिलै आँकलन गर्न सकिन्छ । केही समयअघि उनले बुवा र हजुर बुवासंगैको केही तस्विर सेयर गर्दै यस्तो कविता पोष्ट गरेकी छिन् :

चुपचापको अर्थ जस्ले जसो लाएँ पनि
दिलको मौनता केवल ओभानो ओठले बुझेको छ।

झरेको आँशु जस्ले जसो ठानें पनि
नानीको संनाटा केवल रसिलो परेलाले बुझेको छ।

जीवनको खुशी जस्ले जसो भनेँ पनि
छातिको हांसो केवल नथाम्ने धड्कनले बुझेको छ।

शरदको रात जस्ले जसो देखेँ पनि
हिस्सी चॉदनी केवल सहने हृदयले बुझेको छ।

झुकेको फूललाई जस्ले जसो थामेँ पनि
मुटुको घॉऊ केवल बिझ्ने काडाले बुझेको छ।

जीवनको बाटो जस्ले जसो ठानेँ पनि
बॉच्नुको अर्थ केवल राष्ट्रको मायाले बुझेको छ।
????

प्रतिक्रिया

सम्बन्धित सामाग्री