शनिबार, १५ वैशाख २०८१

यी एक सय एकचालिस सपना जसले जीवनमा दिन्छन् यस्ता फल

समयपोष्ट २०७६ असार २० गते १०:३९

Advertisement

हामीले देखेको सपना अनुसार त्यसको अलग अलग फल पाईन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ। हाम्रा परम्परागत मान्यता अनुसार हामीले देखेका केही सपनाले राम्रो फल दिन्छन भने केही सपनाले नराम्रो फल पनि दिन्छन्।

आकाशमा मास्तिर उड्नु : टाढा-टाढाको यात्रा हुन्छ जसले लाभ दिन्छ ।

आकाशबाट झर्नु : समाजमा बेइज्जती ।

आकाश देख्नु : प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।

आकाशमा बादल देख्नु: सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।

पानी पर्नु : बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।

बिजुलीका साथ पानी परेको देख्नु : बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।

जमीन जोतेको, छरेको, रोपेको देख्नु : सोचेको काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।

आकाशका धूलो वा आँधी देख्नु : देशमा लडाइँ वा तूफान हुने सूचना ।

जङ्गलमा हिडेको देख्नु : धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।

माटो खानु : धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।

माटोमा हिँड्नु : धनी होइन्छ ।

ईनार खन्नु : आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ ।

इनारबाट सिँचाइ गर्नु : आफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ ।

इनारबाट पानी निकालेर कुनै रुखमा हाल्नु : दीन वा दुःखीहरुको सेवा गर्छ ।

इनारबाट पानी पिलाउनु : साधु वा महात्माको सेवा गर्छ ।

इनारबाट पानी निकाल्नु : आम्दानीमा वृद्धि हुन्छ ।

इनारमा झर्नु : मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ ।

इनारबाट निस्कनु : जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।

पानीमा हिँड्नु : कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ ।

खोलामा बाढी देख्नु : रीस या मुसीबतको सूचना हो ।

नदीमा अँध्यारो देख्नु : परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ ।

सोतो तर्नु : मरण नजीकिएको निशानी हो ।

नदी या कुलोमा नुहाउनु : कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ ।

भुसमा भासिनु : मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो ।

कुलाको फोहोर पानी पिउनु ; कुनै रोगमा फस्ने सूचना हो ।

कुलोलाई अर्कातिर बगाउनु : शोक वा मुसीबत हटेर खुसी हुइन्छ ।

नाउ देख्नु : शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ ।

नाउबाट सुखा भुइँमा उत्रनु : दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ ।

नाउलाई सुखा मैदानमा देख्नु : मुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ ।

ताराको चमक देख्नु : राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ ।

तारा समूहलाई अति चम्किलो देख्नु : देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ ।

तारा निल्नु : चोरी गर्छ र तकलीफमा फस्छ ।

तारालाई हातमा लिनु : गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ ।

नाउसहित आफूलाई डुबेको देख्नु : राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ ।

पहाड देख्नु : शत्रुमाथि विजय प्राप्त हुन्छ ।

पहाडमा हिँड्नु : इज्जत मिल्छ, धेरै धन पाइन्छ ।

पहाडमा लडेको देख्नु : कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ ।

पहाडमा हिँडिरहेको देख्नु : धैर्यवान् वा साहसी हुइन्छ ।

पहाडमा प्वाल पार्नु : कसैसँग जालसाँजो गरिन्छ ।

पहाडमा चढ्नु : अगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो ।

फूल देख्नु : प्रेमी/प्रेमिका मिलन

पान खानु : स्त्री प्रसङ्ग (यौनसम्बन्ध) हुने

पिँजडा देख्नु : जेल-नेल पर्ने ।

हरियो वन देख्नु : शुभ समाचार मिल्ने ।

सुख्खा वन देख्नु : चिन्ता हुने ।

चन्द्रमा : प्रतिष्ठा मिल्ने ।

ग्रहण : आपत पर्ने ।

राम्रा सपना

अन्नबाली, घोडचढी,कमलको फुल,गोरु, गाइ, गुरु, सेतो रंगको फुल, दही, चामल, चादीका भाडा, हात्ती, राजा महाराजा, सिहासन, फल, सेतो बस्तुवा पदार्थ, कपास, मिठाइ, देबताको प्रतिमा वा मुर्ति,बिद्धान बाहुन, सधवा आइमाइ, ध्वजा, समुन्द्र स्नान, गंगाको स्नान, तारा, चन्द्रमा, देवता, मन्दिर, गित संगीत, पर्बतारोहण, फलेकोबृक्ष, फुलेको फुल, केटाकेटी, हतियार प्राप्ती, शरीरमा तेज आउनु, पुस्तक रचना वा अध्ययन, सन्त महात्मा, दुध खानु,फल खानु,सर्प, लास वा लास लादै गरेको, स्वर्गका अप्सरा, गायनकला, भाषण, बन्धनबाट छुटेको, भरीएको भाडो, तोरण, रुदै गरेको ब्यक्ति

नराम्रा सपना

आगो, जल्दैगरेको चिता, खाली भाडा, दात भाचिनु, कपाल झर्नु,रातो वा कालो कपडा, गुलीयो बस्तुखानु, काडा,शत्रु, राक्षस, भैसी, रागो, बादर, हतियार, सुकेको बृक्ष बस्तु,खरानी, फासीमा झुण्डाएको,हावामा उडेको,बाढी, मान इज्तमा कमी आउनु, अपमानीत हुनु, सर्पहरुसग खेल्नु,ग्रहण लाग्नु, उल्लु, आधी तुफान, जलमग्न हुनु, डुबेको देख्नु, पानी नभएको पोखरी, तलाउ,इनार, खोला, चोर्नु, नकाब मकुण्डो, भुतप्रेत, पहिरो, पुल, तार चुट्नु, स्त्री वा पुरुषसग जर्बजस्ति गर्नु, शरिरमा हिलो लाग्नु, एकान्त बनमा एक्लै हुनु, पसिनाले भिज्नु, प्रिय ब्यतिको मृत्युको खबर सुन्नु, होहल्ला, बिबाह भएको, बिवाह मण्डब घुमेको

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री