शुक्रबार, १४ वैशाख २०८१

ओप्पेले घोषणा गर्यो ’ओप्पो रक्षाबन्धन सेल्फी कन्टेष्ट’का विजेता

समयपोष्ट २०७४ साउन १६ गते ५:१३

ओप्पेले’ओप्पो रक्षाबन्धन सेल्फी कन्टेष्ट’का विजेताहरुको घोषणा गरेको छ ।’ओप्पो रक्षाबन्धन सेल्फी कन्टेष्ट’का विजेताहरुमा राजेश तन्डुकार, रश्मी महर्जन र एन्जल्स हार्ट रहेका छन् ।

Advertisement

तीनै जना भाग्यशाली विजेतालाई कम्पनीका तर्फबाट जनही २/२ ओटा ओप्पो ब्याग र ओप्पो गिफ्ट बक्स उपहार स्वरुप हस्तान्तरण गरिएको छ ।

कम्पनीका अनुसार  दिदिभाई र दाई बहिनी समावेश ती तस्विरमा रहेका दुबैले एक अर्कालाई प्राप्त गरेको पुरस्कार हस्तान्तरण गर्न सकुन् भन्ने उद्देश्यका साथ त्यसो गरिएको हो । 

कम्पनीले काठमाडौं, कमलपोखरीस्थित आफ्नो ग्राहक सेवा सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी विजेताहरुलाई उपहार हस्तान्तरण गरेको हो ।

ओप्पोद्वारा यही साउन १३ गते पर्ने ‘रक्षाबन्धन’लक्षित गरी ‘ओप्पो रक्षाबन्धन सेल्फी कन्टेष्ट’ को आयोजना गरेको थियो । साउन ९ देखि ११ गते सम्म आयोजित सेल्फी कन्टेष्टमा झण्डै ७ सय जना ओप्पोका प्रयोगकर्ताले आफ्नो सेल्फी प्रेशित गरी सहभागिता जनाएका थिए ।

ओप्पोको नेपालका लागि सञ्चालित आधिकारिक फेसबुक पेज मार्फत आयोजित उक्त कन्टेष्टमा उपभोक्ताको उत्साहजनक सहभागिताका कारण भविष्यमा यस्ता कन्टेष्टको आयोजना गर्न थप हौसला मिलेको ओप्पोको नेपालका लागि प्रबन्ध निर्देशक बबी झाओले बताए ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री