शुक्रबार, १६ चैत २०८०

फोहोर उठाउने ठेला गाडाको विकल्पमा आयो टाटाको एसहुपर टिपर

समयपोष्ट २०७४ साउन १५ गते १२:४१

सिप्रदी ट्रेडिङले टाटामोटर्सको एस हुपर टिपर नेपाली बजारमा ल्याएको छ। कम्पनिले आइतबार एक कार्यक्रमको आयोजना गरी नयाँ टिपर सार्वजनिक गरिएको हो।

Advertisement

सिप्रदी ट्रेडिङका प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीले बढ्दो शहरीकरण, जनसंख्याको चाप, पुराना तथा साँघुरा सडक गल्लीहरु भएकाले राजधानीमा यो गाडी उपयुक्त रहेको औंल्याए।

कार्यक्रममा फोहोरमैला व्यवस्थापन संघका पदाधिकारी लगायत टाटा मोटर्सका प्रतिनिधिको उपस्थिति रहेको थियो। संघका अध्यक्षले नेपाली बजारमा ठेला गाडामा फोहोर उठाउने गरेकोमा विकल्पका रुपमा सो टिपर प्रयोग गर्न सहज हुने बताए।

घर–घर बाट फोहोर संकलनगर्न सकिने र संकलित फोहोरलाई सजिलै लोड अनलोड गर्न मिल्ने १.८ क्यूबीक मिटर क्षमताभएको यस टिपरमा सड्ने र नसड्ने किसिमका फोहोरहरु राख्न दुईवटा छुट्टै कम्पार्टमेन्ट रहेको छ।

सानो साईजको र राम्रो टर्निङ क्यापासिटी भएको गाडी भएकोले शहरका सांघुरा बाटोहरुमापनि सजिलै गएर फोहोर संकलनगर्न सकिने कम्पनी प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिए।
यो गाडीले ८५–९० डिग्रीसम्म ढल्काएर फोहोरमैला अर्को गाडीमा खन्याउन सक्छ। संकलित फोहोरमैला गाडीबाट नझरोस् र दुर्गन्ध पनि नफैलियोस भनेर दुवै कम्पार्टमेन्टलाई छोपेर बन्द गर्नको लागि गाडीमा रोलिङ कभर पनि राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री