शुक्रबार, १४ वैशाख २०८१

साताको अन्तिम दिन सेयरबजार सामान्य बढ्यो

समयपोष्ट २०७४ साउन १२ गते १०:०२

बिहीबार नेप्से १.५ अंकले बढेर १६४६.५३ विन्दुमा उक्लिएको छ । यसदिन १४९ कम्पनीको १८ लाख ३९ कित्ता सेयर १ अर्ब १५ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । 
विहीबार प्रभु इन्स्योरेनसको सबैभन्दा धेरै ५ करोड ८५ लाख बराबरको सेयर खरीदबिक्री भएको छ ।  प्राइम लाईफ इन्स्योरेन्सको पनि पाँच करोड बढीको सेयर किनबेच भएको छ । 

Advertisement

बिहीबार  बीमा, वित्त र जलविद्युत बाहेकका सबै सूचक सकारात्मक रहेका छन । बीमा समुहको सुचक १६०.५३,वित्त समुहको सुचक ०.७३ र जलबिद्युत समुहको सुचक २१.१४ अंकले घटेको छ । 
यसदिन वाणिज्य बैंक समूहको सूचक ६=१३, विकास बैंक समूहको सूचक २२.८९, होटल समूहको सूचक ६.६६ , उत्पादनमुलक समूहको सूचक ५४.१७  र अन्य समूहका सूचक  ०.५८ अंकले बढेका छन् । 
यसदिन काबेली विकास बैंकको सेयरमूल्य सबैभन्दा धेरै दश प्रतिशतले बढेको छ । यस्तै हिमालयन डिष्टलरी,लुम्बिनी विकास बैंक र कालिका माइक्रोक्रेडिटको सेयरमूल्य पनि नौ प्रतिशत बढीले उकालो लागेको छ । 
यसदिन  अरुण फाइनान्सको सबैभन्दा धेरै ६ प्रतिशतले सेयरमूल्य घटेको छ । राष्ट्रिय बीमा कम्पनी रिलायन्स फाइनान्स, कुवेर मर्चेन्ट तथा सूर्य लाईफ इन्स्योरेन्स लगायतको सेयरमूल्य घटेको छ ।


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री