शनिबार, १५ वैशाख २०८१

कंगोबाट नेपाल आएका एक व्यक्तिमा इबोला रोग, थप परिक्षणका लागि अमेरिका पठाईंदै

समयपोष्ट २०७४ साउन ११ गते ४:२५

कंगोबाट नेपाल आएका एक व्यक्तिमा इबोला रोगको आशंका गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त बिरामीको रगत थप परिक्षणका लागि अमेरिका पठाउन लागिएको छ । 
महाशाखाका डा. गुणराज शर्माले विश्व स्वास्थ्य संगठनको परिभाषाभित्र उक्त बिरामी इबोलाको आशंकामा नपरेको जानकारी दिए । उनले कंगोमा जुलाई २ मा नै  विश्व स्वास्थ्य संगठनले इबोला छैन भन्ने पुष्टि गरेको जानकारी दिए । ‘बिरामीको थप परिक्षण गर्ने निर्णय भएर बिरामीको रगत परिक्षण गर्न भने अमेरिका पठाउन लागेका छौ, शर्माले भने, ‘अरु फरदर डिसिजन भएर परिक्षणको लागि पठाइएको हो, इबोलाको परिक्षण गर्न भने होइन ।’ 
विगतमा कंगो इबोलाको महामारी भएको देश हो । डा. शर्माले अहिले बिरामीलाई फाल्सीफारम मलेरिया देखिएको जानकारी दिए । ‘४२ दिनदेखि कंगोमा इबोला देखिएको थिएन, शर्माले थपे ‘उहाँको हाल नेपालमै उपचार भइरहेको छ ।’
महाशाखाकामा कार्यरत एक अधिकृतका अनुसार कंगोबाट फर्किएका एक ३२ बर्षीय नेपाली विरामीमा इबोलासंग मिल्ने लक्षण देखिएको हो । 
सोमबार राजधानीको एक निजी अस्पतालमा स्वास्थ्य उपचार गर्न पुग्नुभएका बिरामीमा  इबोलाको लक्षण देखा परेको भन्दै चिकित्सकले तत्काल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य मन्त्रालय र डव्लुएचओलाई जानकारी गराएका थिए ।  
त्यस लगत्तै टोली परिचालन भई थप परीक्षणका लागि डव्लुएचओको सहयोग लिने निर्णयमा पुगेका थिए । इबोला परीक्षणको लागि लेभल ४ को प्रयोगशाला हुनुपर्छ । नेपालमा भने अहिलेसम्म लेभल ३ को मात्रै प्रयोगशाला रहेको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री