शुक्रबार, १४ वैशाख २०८१

दोलखामा परकम्प

समयपोष्ट २०७४ साउन ९ गते ८:०३

दोलखाको खोलाखर्क केन्द्रविन्दु भई गोरखा भूकम्पको परकम्प गएको छ । आज बिहान १० बजेर २९ मिनेट जाँदा ४ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

Advertisement

दोलखा र रामेछापको आसपास केन्द्रविन्दु रहेकाले रामेछापमा ठूलोे धक्का महसुस भएको जनाइएको छ । 

२०७२ वैशाख १२ को खोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केल भन्दा माथिका ४८४ परकम्प गएको विभागका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री