शनिबार, ८ वैशाख २०८१

विशाल ग्रूपका प्रबन्ध निर्देशक अशोककुमार अग्रवाल गिनीको वाणिज्यदूतमा नियुक्त

समयपोष्ट २०७४ साउन ९ गते ३:३८

 नेपालको औद्योगिक तथा व्यापारिक घराना विशाल ग्रूपका प्रबन्ध निर्देशक अशोककुमार अग्रवाल नेपालका लागि गिनी गणतन्त्रका अवैतनिक वाणिज्य दूत नियुक्त भएका छन् ।पश्चिम अफ्रिकी मुलुक गिनी गणतन्त्रको सरकारले उनलाई अवैतनिक वाणिज्यदूत नियुक्त गरेको हो ।

Advertisement

दुई देशबीचको आर्थिक र जनस्तरको सम्बन्ध अभिवृद्धिमा भूमिका खेल्ने नवनियुक्त वाणिज्यदूत अग्रवालको भनाइ छ । गिनीमा नेपाली वस्तुको बजार प्रवर्द्धनका लागि पहल गर्ने तथा त्यहाँका पर्यटकलाई नेपाल ल्याउन प्रयास गर्ने उनले बताए ।

विशाल ग्रुप नेपालका पुराना व्यापारिक औद्योगिक प्रतिष्ठानमध्येको एक हो । निर्माण सामग्रीउत्पादन, बैंकिङ, बिमा, ट्रेडिङ लगायत व्यवसायमा यो समूहको लगानी छ । अग्रवाल यो समूहको तेस्रो पुस्ताका उद्यमी हुन्। अग्रवाल आयात–निर्यातकर्ता व्यवसायीहरुको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ तथा नेपाल चेम्बर कमर्स जस्ता संस्थामा आवद्ध छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री