शुक्रबार, १४ वैशाख २०८१

घुससहित मालपोत कार्यालयका कर्मचारी पक्राउ

समयपोष्ट २०७४ साउन ७ गते ८:२८

 मालपोत कार्यालयका चार कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले शुक्रबार रु ५० हजार घुस लिएको अभियोगमा शुक्रबार पक्राउ गरेको छ । 

Advertisement

पक्राउ पर्नेमा अधिकृत चक्रबहादुर श्रेष्ठ, नासु राजकुमार घिमिरे र दिनेश रेग्मी तथा खरिदार दुर्गा पोखरेल छन् । बागेश्वरीका एक सेवाग्राहीले आफ्नै तीन आनाको दुई टुक्रा जग्गाबाट भित्र रहेको अर्को जग्गामा जानका लागि बाटो राखी प्लट मिलान गर्नका लागि सबै प्रक्रिया पु¥याई निवेदन दिएकामा अधिकृत श्रेष्ठले गलत नियतले दुःख दिन थालेपछि सेवाग्राहीले आयोगमा उजुरी दिएको थियो । 

सोही उजुरीका आधारमा आयोगको टोलीले कर्मचारीलाई ‘घुस रकम’सहित मध्यपुरथिमि–३ कौशलटारस्थित वेभ सेकुवा कर्नरबाट शुक्रबार साँझ ७ बजे पक्राउ गरेको हो । 

अधिकृत श्रेष्ठले सेवाग्राहीबाट रु ५० हजार लिएसँगै वेभ सेकुवा कर्नरमै जग्गाधनी पुर्जा सेवाग्राहीलाई दिएको र त्यसलगत्तै उनीहरुलाई आयोग टोलीले नियन्त्रणमा लिएको हो । अभियुक्त चारै जनालाई आयोगको नियन्त्रणमा राखिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री