शुक्रबार, ७ वैशाख २०८१

पल्सर स्पोर्टस अवार्ड भदौ २६ गते आयोजना गरिने

समयपोष्ट २०७४ साउन ४ गते १०:५२

नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको १४औं संस्करण आगामी भदौ २६ गते आयोजना गर्ने भएको छ । मञ्चले राजधानीमा  पत्रकार सम्मेलन गरी अवार्ड प्रदान गरिने जानकारी गराएको हो । मञ्चका अनुसार अघिल्लो वर्षजस्तै यस वर्ष पनि आठ बिधामा अवार्ड प्रदान गरिने छ ।

Advertisement

वर्षको उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, स्पेसल अवार्ड, उत्कृष्ट पारा एथ्लिट अवार्ड र लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ ।  

 २०७३ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीहरुलाई अवार्ड प्रदान गरिनेछ ।

हंसराज हुलासचन्द एण्ड कम्पनीले मूख्य प्रायोजन गरेको अवार्डका तीन बिधाका बिजेताले बजाज पल्सर मोटरसाइकल पाउने गरेकोमा यस वर्षदेखि चार जना बिजेताले मोटरसाइकल पाउने छन् । 

चार बिधाका बिजेताले मोटरसाइकल र बाँकी ४ बिधाका बिजेताले जनही ५० हजार पुरस्कार पाउनेछन् । पिपुल्स च्वाइस अवार्ड जनताको मतका आधारमा प्रदान गरिनेछ ।

पाँच वर्षको सम्झौता अनुसार गोल्छा अर्गनाइजेसनले यस वर्षका लागि १८ लाख ९० हजारको मुख्य प्रयोजन गरेको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री