शुक्रबार, १४ वैशाख २०८१

स्वरोजगार लघुवित्तको हकप्रदमा आवेदन दिने आज अन्तिम मिती

समयपोष्ट २०७४ साउन ४ गते ५:४८

स्वरोजगार लघुवित्त बिकास बैंकले निश्कासन गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम मिती हो ।  बैंकले गत असार १ गते दुई कित्ता बराबर एकको दरले हकप्रद बिक्री ‍खुला गरेको थियो।

Advertisement

जेठ १७ गतेसम्म कायम भएका सेयरधनीले हकप्रदमा आवेदन दिन सक्ने निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। 

हकप्रदमा स्वरोजगार लघुवित्त विकास बैंकका शाखा कार्यालयहरु, एनएमबि क्यापिट नागपोखरी, एनएमबि बैंकका शाखा कार्यलयहरु तिनकुने, सुयविनायक, कुमारीपाटी, बनेपा, बुटवल, महेन्द्रनगर, धरान, विराटनगर, सुर्खेतरोड नेपालगञ्ज, धनगढी, पोखरा वीरगंज, भानुचोक जनकपुर, चितवन र विर्तामोडबाट आवेदन दिन सकिनेछ । 

चुक्ता पूँजी छ करोड ९९ लाख ९९ हजार रुपैयाँ रहेको बैंकको तीन लाख ४९ हजार ९९३ कित्ता हकप्रद सेयर बिक्री पछि बैंकको पूँजी १० करोड ४९ लाख रुपैयाँ पुग्ने छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री